धनगढी चैत २९ ।
सुदुरपश्चिमका नौ वटै जिल्लामा क्वारेन्टाइनमा बसेकालाई चार जिल्लामा यहि चैत २८ गते सम्म स्वाब परीक्षण तथा र्यापिड टेस्ट कीटको माध्यमबाट १२ सय असी जनाको परीक्षण गर्दा सबैको नेगेटिभ आएको छ ।
र्यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको भेक्टर कन्ट्रोल निरीक्षक तथा रेपिड टेस्ट किट समन्वय स्वास्थ्य निर्देशनालय डोटीका सम्पर्क व्यक्ति हेमराज जोशीले बताए। ‘कैलालीमा ६ सय ३९, कञ्चनपुरमा तीन सय ७०, डोटीमा दुई सय १३ र बाजुरामा ४९ जनाको र्यापिड टेस्ट गरिएको छ। सबैको रिपोर्ट नेगेटिभ आएको जोशीले जानकारी दिए।
सेती प्रादेशिक अस्पतालका आकस्मिक विभाग प्रमुख एवम् प्रवक्ता डा. जगदिश जोशीले पीसीआर परीक्षणमा भाइरस भए नभएको जानकारी प्राप्त हुने बताउँदै र्यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण हुने बताए।
डा.जोशीका अनुसार यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्यापिड टेष्टमा पोजेटिभ देखाएपनि पुष्टिका लागि परीक्षण गर्नै पर्ने उनले बताए। माईक्रोबायोलोजिस्ट सुनिल लेखकका अनुसार पीसीआर टेस्टमा नाक वा घाँटीबाट लिइने स्वाब परीक्षण गरिन्छ भने आरडीटीमा रगतको नमूना परीक्षण गरिन्छ। र्यापिड टेस्टले शरीरको प्रतिरोधात्मक पक्षलाई देखाउने उनले बताए भने । अहिलेसम्म सुदूरपश्चिममा १६ सय ३९ जनाको स्वाब सन्कलन भएकोमा २६९ जनाको नतिजा नेगेटिभ आएको छ भने ४ जना पोजिटिभ बिरामीको उपचार भइरहेको छ। १४३२ नमुना परीक्षण हुने क्रममा छन।