झापा, २ भाद्र २०८१
भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालले नयाँ भवनबाट ओपिडी सेवा सुरु गरेको हो।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामबाबु खड्काले आज वैदिक विधिबाट पूजाआजा गरी नयाँ भवनबाट ओपिडी सेवा सुरु गरे।
डा. खड्काका अनुसार अस्पतालमा ओपिडीमा सेवा लिन आउने सेवाग्राहीको चाप अधिक हुने गरेको र पहिलो चरणबाट नयाँ भवनमा उक्त सेवा सुरुआत गरिएको हो।
भवन निर्माण भएर मात्र नहुने भएर अन्य स्वास्थ्य सामग्री र उपकरण पनि चाहिन्छ त्यसैले ओपिडी सेवा मात्र सुरु गरेको डा. खड्काले बताए।
उनले केही सामग्री खरिद गरिए पनि त्यो अपर्याप्त भएको बताए। पर्याप्त बजेट व्यवस्थापन गर्न सकिए नयाँ भवनबाट पूर्णरुपमा सेवा प्रवाह गर्न सकिने उनको भनाइ छ।
नवनिर्मित अस्पताल भवनको तला थपका लागि सरकारले रु दुई करोड बजेट उपलब्ध गराइसकेको छ । भवनको ठेक्का प्रक्रिया सुरु भई काम अघि बढाइने खड्काले बताए