काठमाडौं, २१ चैत २०७८
नेपाल प्रसुती तथा स्त्री रोग विशेषज्ञ समाजको १६ औ राष्ट्रिय सम्मेलनको अवसरमा साउथ एसियन फेडेरेसन अफ अब्सटेक्स एण्ड गाईनोकोलोजिष्ट सोसाईटीको नेतृत्वमा फोग्सी (FOGSI), म्यासेसुसेटस जनरल अस्पताल (MGH), तथा नेसोगको सहकार्यमा एक दिने प्रसुती कार्यशाला सम्पन्न भएको छ।
प्रसुति गराउँदा हुने रक्तश्रावको (PPH) रोगथाम तथा उपचार (जिवनधारा–फेज ३) कार्यशालामा देश भरीका ७० जना प्रसुती तथा स्त्री रोग विशेषज्ञ तथा प्रसुतीकर्मीहरुका बिच चैत २० गते कार्यक्रम प्रारम्भ भएको थियो।
उक्त कार्यक्रममा परोपकार तथा प्रसुती तथा स्त्री अस्पतालका निर्देशक डा.अमिर बाबु श्रेष्ठद्धारा स्वागत तथा मन्तव्य व्यक्त गर्नु भयो ।
नेसोगका प्रेसिडेन्ट डा.गणेश दंगालको अध्यक्षता र प्रमुख अतिथि साउथ एसियन फेडेरेसन अफ अब्सटेटिप्स एण्ड गाईनोकोलोजिष्ट सोसाईटीका प्रेसिडेन्ट डा.रोहाना हतातुवा र फोग्सी डा. प्रिति कुमार ज्यूको संयोजकत्वमा कार्यक्रम सम्पन्न भयो ।
यस कार्यक्रमबाट देशभरीका प्रसुती तथा स्त्री रोग विशेषज्ञ तथा प्रसुतीकर्मीहरुलाई मास्टर द्रेनरका रुपमा विकशित गरी देशभरीका प्रसुती तथा स्त्री रोग विशेषज्ञ तथा प्रसुतीकर्मीहरु लाई उक्त तालिम दिई मातृमृत्यु दर घटाउँने लक्ष्य राखिएको डा. दंगालले बताए।
यो तालिम भारत र श्रीलंकाका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ बाट दिइनेछ।