Magnus pharma
आज: २०८२ चैत्र २०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय

Nam Raj Bhatta by Nam Raj Bhatta
April 3, 2026
in News
Reading Time: 1 min read
A A
0
प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले सेवा प्रवाह सुधार र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १७ बुँदे कडा निर्णय सार्वजनिक गरेको छ।

अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले विभागीय  प्रमुख, सम्पूर्ण अस्पतालका फोकल व्यक्ति, इन्चार्ज तथा नर्सिङ इन्चार्जसहित बसेको बैठकले अस्पताल सुधारका लागि नयाँ निर्णय गरिएको बताए।

यस्तै अस्पतालले गरेको निर्णयअनुसार, तोकिएको ड्यूटी तालिका अनुसार कर्मचारीले आफ्नो निर्धारित समयमा नै कार्यालयमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीलाई सेवा दिँदा चिकित्सकहरूले औषधि तथा औषधिजन्य सामग्रीको सिफारिस स्पष्ट रूपमा बुझिने गरी गर्नुपर्ने व्यवस्था गरिएको छ।

अस्पतालले काम वा विशेष कारणले ड्यूटी समयमा अस्पताल बाहिर जानुपर्ने अवस्थामा अनिवार्य रूपमा गएको र फर्किएको समय उल्लेख हुने गरी सम्बन्धित युनिटमा लगबुक राखिने व्यवस्था मिलाइने बताइएको छ।

यस्तै, आकस्मिक कक्ष, अपरेशन थिएटर तथा ओपीडीमा ड्यूटीमा रहने चिकित्सकहरूको नामावली बोर्डमा राखी सेवाग्राहीले सजिलै देख्ने व्यवस्था गर्ने निर्णय पनि गरिएको छ।

यस्ता छ्न अस्पताल सुधारका लागि प्रसूती गृहले गरेको १७ बुँदे निर्णय 

१. अस्पतालले तोकेको ड्यूटी तालिकाअनुसार आफ्नो तोकिएको समयमा नै कार्यालय उपस्थित भई कार्यसम्पादन सुरु गर्ने तथा तोकिएको समयसम्म बसी कार्यसम्पादन गर्ने, गराउने ।

२. आफै तथा आफू माताहतका कर्मचारीहरुलाई आ आफ्नो कार्यक्षेत्र अनुसार वा नेपाल सरकारले तोके अनुसार पोसाक (युनिफर्म)- एप्रोन तथा परिचयपत्र अनिवार्य लगाइ कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने ।

३. अस्पतालमा सेवाग्राहीहरुलाई सेवा दिँदा चिकित्सकहरुले औषधी तथा औषधीजन्य सामानहरुको सिफारिस गर्दा स्पष्ट बुझ्ने गरी Generic Name मा Prescription लेख्ने,आ- आफ्नो नाम Upper Case मा उल्लेख गर्ने तथा NMC No.स्पष्ट हुने गरी लेख्न सम्बन्धीत चिकित्सकहरुलाई विभागीय प्रमुख तथा युनिट प्रमुख मार्फत जानकारी गर्ने गराउने । तथा प्रेस्क्रिप्सन अडिटसमेत गर्ने, गराउने व्यवस्था मिलाउने ।

४. अस्पतालको नियमितरुपमा उपलब्ध हुने ओ पी डी सेवा सम्बन्धी गुनासोहरु सिधै मन्त्रालयसम्म पुग्ने गरेकोले चिकित्सकहरुले अस्पतालको ओपीडी सेवा संचालन भईरहेको समयमा Hand Over तथा Take Over लिने दिने नगरी ओ पी डी समय अघि वा पछी Hand Over तथा Take Over गर्ने गराउने व्यवस्था मिलाउने।

५. दैनिक सेवा प्रवाहसँग सम्बन्धीत रही प्रत्यक्ष सेवाग्राही जोडिने स्थानहरुमा खाजा समयमा सेवा पूर्णरुपमा बन्द नहुने गरी आलो पालो गरी खाजा खाने व्यवस्था मिलाउने ।

६. रात्रीकालिन ड्यूटी नगर्ने कर्मचारीले अनिवार्य रुपमा हप्ताको ४० घण्टा ड्यूटी हुने गरी दैनिक ७ घण्टा ड्यूटी गनुपर्ने हुँदा रात्रिकालिन रुपमा नपर्ने कर्मचारीले अनिवार्यरुपमा दैनिक ७ घण्टा (हप्तामा कम्तिमा ४० घण्टा) कार्यसम्पादन हुने व्यवस्था गर्ने गराउने ।

७. कार्यालयको कामले वा काम विषेशले अनिवार्य जानै पर्ने अवस्थामा ड्यूटी समयमा अस्पताल बाहिर जानुपर्ने भएमा अनिवार्य गएको र आएको समय उल्लेख हुने गरी सम्बीन्धत युनिटमा लग बुक राख्ने व्यवस्था मिलाउने ।

८. अस्पतालको सम्पूर्ण कर्मचारीहरुले आ आफ्नो कार्यक्षेत्र र तहबाट सेवा उपलब्ध गराउँदा शिष्ट भाषा, बोली तथा व्यवहारमा सेवा उपलब्ध गराउन सम्बन्धित कर्मचारीलाई निर्देशन गर्ने गराउने।

९. अस्पतालमा कार्यरत कर्मचारीले नियमानुसार विदा स्वीकृत गराए पश्चात मात्र विदा बस्न जानकारी गराउने अन्यथा गयल हुने।

१०. उपरोक्त बमोजिम समयमा कार्यालय नआउने, तोकिएको पोसाक नलगाउने, तोकिएको ड्यूटीस्थानमा नबस्ने सेवा उपलब्ध गराउँदा शिष्ट बोली व्यवहार नगर्ने कर्मचारीहरु, अस्पताल तथा तालुक निकायबाट अनुगमनमा परेको बेला कैफियत फेला परेमा स्वयं जिम्मेवार हुने जानकारीसमेत आफू माताहतका कर्मचारीलाई जानकारी गराउने ।

११. सम्बन्धित वार्ड इन्चार्जले आफ्नो वार्डमा भएका औजार उपकरण तथा सरसामानहरु मर्मत गर्नुपर्ने भएमा सोको लागि अनिवार्य लगबुक राखि सम्बन्धित मर्मत गर्ने कर्मचारीलाई जानकारी गराउने र मर्मत भए नभएको आफू भन्दा माथिल्लो कर्मचारीलाई जानकारी गराउने व्यवस्था मिलाउने ।

१२. अस्पतालमा रहेका गुनासो पेटिकाहरु हप्तामा एक पटक खोल्ने र मुचुल्का उठाई रेकर्ड राखी गुनासो व्यवस्था गर्ने र आगामी दिनमा क्यूआर मार्फत गुनासो गर्न सक्ने सिस्टमको व्यवस्थागरी कार्यान्वयन गर्ने गराउने ।

१३. अस्पतालको आकस्मिक कक्ष तथा अप्रेशन थिएटर एवं ओपीडी को ड्यूटीमा रहने चिकित्सकहरुको नाम लिष्टको बोर्ड बनाई सेवाग्राहीले देख्ने गरी राख्ने व्यवस्था गर्ने गराउने।

१४.अस्पतालको सर्जरीतर्फका सेवाशुल्कहरु कम्तीमा ओ पी डी अप्रेशन थिएटर तथा आकस्मिक कक्षको बाहिरपट्टी राख्ने व्यस्था मिलाउने ।

१५. अस्पतालमा आउने सेवाग्राहीहरुको सहजिकरणका लागि कुरुवाघरको पछाडी तर्फ २ वटा बाथरुम बनाउने तथा साविकमा भएका शौचालयको मर्मत गरी दुइ नं. गेट तर्फ एवं कुरुवाघर तर्फ अपाङ्गता भएका व्यक्तीहरुलाईसमेत सहज हुने गरी एक एक वटा कम्बोट राखी सौचालय मर्मत गर्ने व्यवस्था मिलाउने ।

१६. शौचालयहरुको सरसफाईका लागि चेक लिष्ट तयार गरी नियमित सरसफाई भए नभएको अनुगमन गर्ने- गराउने कामको लागि अस्पताल नर्सिङ्ग प्रमुख तथा वरिष्ठ नर्सिङ्ग अधिकृतज्यूलाई जिम्मेवारी दिने।

१७. सेवाग्राहीहरुको सहजिकरण गर्नको लागि अस्पतालको मूल गेट तथा जाईका भवनकोबीचमा रहने गरी एउटा हेल्पडेस्को व्यवस्था गर्ने र उक्त डेक्सबाट Navigation Map समेतको प्रिन्ट दिने व्यवस्था मिलाउने एवं हाल अस्पतालमा संचालन भईरहेको Token System लाई थप प्रभावकारी बनाउने व्यवस्था मिलाउने।

Tags: Dr Shree prasad adhikariParopakar maternity and women hospital thapathali Kathmandu
SummarizeShare234ScanTweet146

Related articles

Dr. Bishnu bandhu bagale

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त

by Nam Raj Bhatta
April 1, 2026
0

चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त हुनुभएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा. बगालेलाई प्रमुख सुपरिटेन्डेन्टमा नियुक्त...

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल

by Nam Raj Bhatta
April 1, 2026
0

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्नो १५औँ कलेजो प्रत्यारोपण (लिभर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ। २६ वर्षीया छोरीले आफ्ना ५० वर्षीय बुवालाई कलेजो दान गर्दै अद्वितीय माया,...

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण

by Nam Raj Bhatta
March 31, 2026
0

नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा  करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा...

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

by Nam Raj Bhatta
March 30, 2026
0

काठमाडौँ महानगरपालिकाले महिलाहरुको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सुरु गरेको छ। महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा निःशुल्क परीक्षण र प्रारम्भिक निःशुल्क उपचार सुरु गरेको हो। महानगरले निःशुल्क...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
NEPDENT International Dental Trade Show
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    662 shares
    Share 265 Tweet 166
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    630 shares
    Share 252 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    626 shares
    Share 250 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    670 shares
    Share 299 Tweet 155
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    612 shares
    Share 245 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • यस्ता छ्न प्रसुती अस्पतालको सुधारका लागि १७ बुँदे निर्णय
  • भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. विश्वबन्धु बगाले नियुक्त
  • छोरीको साहस, बुवाको नयाँ जीवन: किष्टमा १५औँ कलेजो प्रत्यारोपण सफल
  • नेपाली सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
  • काठमाडौं महानगरद्वारा महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.