काठमाडौं, २२ कार्तिक २०७७
कोरोना भाइरसको संक्रमण फैलिन नदिन बिभिन्न कार्यक्रम, साबधानी र उपायहरू अपनाउँदा अपनाउँदै पनि यसले भयाभय रूप लिइसकेको छ। प्रत्यक दिन तीन हजारको हाराहारीमा संक्रमण फैलाइरहेको छ।
यसैबिच कोरोना भाइरसको संक्रमण फैलियोस् भनी कोरोनाको महामारी सुरू देखि नै कम्प्यासन फर ह्युम्यानिटीले फ्रन्ट लाईनमा खटिने डाक्टर, नर्स, सुरक्षा कर्मी, पत्रकार र समाजसेवीलाई ब्यक्तिगत सुरक्षाका साधनले युक्त पर्सनल प्रोटेक्सन इक्युपटमेन्ट पिपिई बितरण गर्दै आएको छ।
यसै अभियानको निरन्तरता दिने क्रममा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका डाइरेक्टर डा• चन्द्रमणी अधिकारीलाई एकाउन्न थान पिपिई हस्तान्तरण गरिएको छ।
लायन्स क्लब अफ काठमाडौं कैलास, डालास एभरेस्ट लायन्स क्लब यु यस ए , लायन्स क्लब अफ नेपाल इको फेन्डली र कम्प्यासन फर ह्युम्यानिटीको संयुक्त प्रयासमा प्रदान गरियको उक्त सामाग्रीले उपचारमा खटिने डाक्टर, नर्स र कर्मचारीहरूलाई सहयोग पुग्ने आशा गरियको लायन्स क्लब अफ काठमाडौं कैलासका लायन राजेन्द्र गिरीले जानकारी गराउनु भयो।
त्यसैगरी स्वास्थ सेवामा दिनरात खटिनुभयका स्वास्थ्य कर्मीहरूलाई सहयोग गर्न उत्प्रेरणा प्रदान गरिदिने र सहकार्यमा उतिकै तत्परता देखाउने कम्प्यासन फर ह्युम्यानिटीका अध्यक्ष राधेश्याम मल्ललाई लायन्स क्लब अफ नेपाल इको फेन्डली डिस्ट्रीक 325A2 का लायन बटु लामिछानेले धन्यबाद ब्यक्त गर्नुभयो।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले ट्विट मार्फत सहयोगी हातहरुलाई धन्यबाद ज्ञापन गरेको छ।