पछिल्लो चौबीस घण्टामा ६२९ संक्रमित थपिए, कुल संख्या १० हजार ७ सय २८ पुग्यो #Covid19

काठमाडौँ, १० असार 

नेपालमा पछिल्लो चौविस घण्टामा  थप ६२९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा ६२९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६ रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १०६ जना पुरुष र ८ जना महिला छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ३३८ पुगेको छ। जसमा १९७ जना महिला र २ हजार १४१ जना  पुरुष  रहेका छन् ।

देभरका अस्पतालको आइसोलेशनमा ८ हजार ३६६ जना उपचाररत छन् । भने देशभर ७४ हजार ७१४ जना क्वारेन्टाइनमा रहेका छ्न।

अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

Next Post

Discussion about this post

ADVERTISEMENT