काठमाडौँ, १० असार
नेपालमा पछिल्लो चौविस घण्टामा थप ६२९ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले चौबिस घण्टामा ६२९ जनामा संक्रमण देखिएको बताए ।
यो संगै नेपालमा कुल संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।
मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६ रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। जसमा १०६ जना पुरुष र ८ जना महिला छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ३३८ पुगेको छ। जसमा १९७ जना महिला र २ हजार १४१ जना पुरुष रहेका छन् ।
देभरका अस्पतालको आइसोलेशनमा ८ हजार ३६६ जना उपचाररत छन् । भने देशभर ७४ हजार ७१४ जना क्वारेन्टाइनमा रहेका छ्न।
अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।