कास्की चैत २१
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले भने पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गरेका छन् ।
केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको जनाएका छन् ।
सामाजिक सञ्जालमा समेत विभिन्न पदमा रहेका व्यक्तिहरुलेसमेत आफ्नो ‘स्टाटस’मा सातौं व्यक्ति कोरोनाबाट संक्रमित भएको लेखेका छन् ।
पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण सुरु भएको हो ।यहाँबाट आएका नतिजाको पुष्टि गर्न हालसम्म चारओटा नमुना काठमाडौं पठाइसकिएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका नवराज शर्माले जानकारी दिए ।