काठमाडौं, ८ असार २०८२
नेपाल फार्मेसी परिषद्ले लिएको फर्मासिष्ट (ब्याचलर इन फार्मेसी) तर्फको २८औं नाम दर्ता परीक्षामा २६.४७ प्रतिशत उत्तीर्ण भएका छन् ।
यसपटक परीक्षामा सहभागी ९३३ जनामध्ये २४७ जना (२६.४७ प्रतिशत) मात्रै उत्तीर्ण भएका परिषदका रजिष्टार सन्जीव पाण्डेले बताउनुभयो ।
पाण्डेका अनुसार परीक्षाका लागि सुरुमा ९७० जनाले आवेदन दिएका थिए त्यसमध्ये ९६६ जनाको प्रवेशपत्र बनेको थियो । जसमध्ये ९३३ जना मात्रै परीक्षामा सहभागी भएका थिए ।
पाण्डेले यसपटकको परीक्षामा पनि करीव ७०० जना यसअघि पनि परीक्षा दिएका पुराना परीक्षार्थीहरु थिए त्यसकारणले नतिजा कमजोर देखिनुको एउटा कारण यो पनि हुनसक्छ। यसअघि परिषद्ले ३१ जेठमा फार्मेसी सहायकको परीक्षा लिएको थियो ।
सानो भर्याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा विहान साढे १० बजे देखि दिउसो १ बजेसम्म भएको आजको परीक्षा परिषद्को २८ औँ नाम दर्ता परीक्षा हो