काठमाडौं, १८ बैशाख २०८२
नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः दोस्रोपटक प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयले पाण्डेलाई अध्यक्षमा नियुक्त गरेको हो। पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।
फार्मेसी विज्ञ समेत रहेका पाण्डेलाई यसअघि २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री ह्दयश त्रीपाठीले अध्यक्षमा नियुक्त गरेका थिए। पाण्डे नेपाल औषधि उत्पादक संघका पूर्व अध्यक्ष समेत हुन।