काठमाडौं, ८ असार २०८२
नेपाल औषधी आयातकर्ता संघको अध्यक्ष पदमा पवन आचार्य निर्वाचित भएका छन् ।
संघको आठौं वार्षिक साधारण सभा तथा अधिवेशनबाट आचार्य अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्य यसअघि महासचिव पदमा कार्यरत थिए ।
संघको उपाध्यक्षमा पृथ्वी राज वैद्य र सुमन कयाल, महासचिवमा मधु पौडेल, सचिव पदमा सुरेश पटवारी र कोषाध्यक्षमा सन्दीप खनाल निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यहरुमा मुकुन्दराज भण्डारी, सुशीलकुमार श्रेष्ठ , महेन्द्र श्रेष्ठ, ख्वाजा तारिक राना, निरजकुमार झा, शितोष शाह, आनन्द राजभण्डारी, सुरज टिवटिवाल, राजकिशोर, आनन्द चाशैधरी, चन्द्शेखर रूगाटा र डा. अबुल हुसेन अन्सारी रहेका छन् ।
नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुने संघले जनाएको छ।