काठमाडौं, २७ माघ २०८२
काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ ।
हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन सिकार हुँदै गएको भारतका प्रतिष्ठित, सिनियर हाडजोर्नी विशेषज्ञ डा. ईश्वर बेहोराले बताउनुभयो ।
तर, समयमै उपचार पाउन सके यो रोग अप्रेसनबिना पनि समाधान हुने डा. बोहोराको भनाई छ । समयमा उपचार हुन नसक्दा यस समस्याले जटिल समस्या निम्त्याउने उनको भनाई छ ।
सिएफसी हेल्थ सोलुसन प्रा.लि ले आयोजना गरेको स्वास्थ्य संवाद् कार्यक्रममा भारतको न्यू दिल्ली स्थित बि एल के – मैक्स हस्पिटलका निर्देशक समेत रहेका डा. ईश्वर बोहोरा काठमाडौंका चिकित्सक, उद्यमी, व्यवसायी, प्रध्यापक, कानून व्यवसायी, सामाजिक अगुवा, महिला र विभिन्न संघ संस्थाका व्यक्तिहरुसंग अन्तरसंवाद कार्यक्रम गरेका थिए ।
बहुसंख्यक नागरिकहरुले आफूलाई हाड जोर्नी सम्वन्धी समस्या भए पछी उपचार गराउने नेपाल पछिको अर्को मुलुक भारत भएकाले यहाँका नागरिकहरुसंग संवाद् कार्यक्रम गरिएको सिएफसी हेल्थ सोलुसन प्रा.लि संचालक एलपी पाण्डेले जानकारी दिनुभयो।
पाण्डेका अनुसार भारतका विभिन्न अस्पतालहरुसंगको सहकार्यमा नागरिकहरुको उपचारमा सहजीकरण गरिदै आएको छ । भारतको अपोलो अस्पताल, बीएलके म्याक्स सुपर स्पेशालिटी अस्पताल, म्याक्स सुपर स्पेशालिटी अस्पताल, मेदान्त अस्पताल, एमजीएम हेल्थ केयर, मणिपाल, फोर्टिस अस्पताल समूह, आर्टेमिस, नारायण हेल्थ, यशोदा, किम्स, वेङ्कटेश्वर र यथार्थ अस्पतालको सहकार्यमा नेपालका नागरिकहरुको उपचारमा सहजीकरण गरिएको पाण्डेले बताए ।
अन्तर संवाद कार्यक्रममा सहभागी विभिन्न व्यक्तिहरुले आफूलाई लागेका जिज्ञासा राख्नुका साथै रोग लागेपछिको समस्या, कारण र समाधानका उपायहरुका विषयमा बृहत छलफल भएको थियो ।














