ललितपुर, २६ भाद्र २०८०
ललितपुरको ग्वार्कोस्थित रहेको बि. एण्ड बि. हस्पिटल (प्लाष्टिक ओरल एण्ड क्रेनियोम्याक्जिलोफेसियल सर्जरी विभाग) र स्माइल ट्रेनको सहकार्यको १५ औं वर्ष पार गरेर सोर्हौं वर्षमा प्रवेश गरेको छ।
प्रत्येक वर्ष भाद्र २५ गतेका दिन प्लास्टिक, ओरल एण्ड क्रेनियोम्याक्जिलोफेसियल सर्जरले स्माइल ट्रेन बीच विभिन्न कार्यक्रमहरू मनाइने गरिन्छ।
सबै सहभागीहरुलाई खादा ओढाउदै सोमबार १०ः१५ बजे उद्घाटन भएको उक्त कार्यकममा प्रमुख अतिथि श्री सुनिल टुलि र रेनु मेहताले उक्त कार्यक्रमको महत्बको बारेमा प्रकाश पार्नु भएको थियो । उक्त कार्यक्रममा निर्देशक डा. महेन्द्र महर्जन र डा. जुना गुरुङले ओठ तथा तालु फाटेका बच्चाहरुको जन्मदा समाजको दृष्टिकोण र शल्यक्रिया पछी बच्चाहरुमा हुने सकारात्मक परिबर्तन र यसको फाइदाको बारेमा बिस्तृत बिबरण प्रस्तुत गर्नु भयो ।
स्माइल ट्रेन एउटा अन्तराष्ट्रिय परोपकारी संस्था हो। सन् २००७ देखि सहकार्य भएको यस बि. एण्ड बि. हस्पिटलमा ८ हजार भन्दा बढी निःशुल्क शल्यक्रियाहरु प्रदान गरिएको छ ।
तिनै बालबालिकाहरुले बिभिन्न यस अवसरमा प्रस्तुती गरेका थिए भने शल्यक्रिया भइसकेका दुईजनाले नेपाली नृत्य प्रस्तुत र दुईजनाले गीत गाउनु भएको थियो। साथै जिनियस मालीले धिमे बाजा बजाएर साथ दिएका थिए भने एक जना आमा आफुले ओठ तथा तालु फाटेका बच्चा जन्मीदा बच्चा हुर्काउदाको पिडा तथा बच्चा प्रति समाजको दृष्टिकोणको बारेमा प्रस्ट पार्नु भयो ।
शल्यक्रिया हुनु अघि र शल्यक्रिया पश्चात बच्चाहरुमा देखिएको क्रियाकलापको सकारात्मक पक्ष केलाई समाजिक सचेतना ल्याउनु पनि यस कार्यक्रमको उदेश्य रहेको थियो । उक्त कार्यक्रममा ओठ तथा तालु फाटेर शल्यक्रिया भई हाल सफल जिवन बिताई रहेका असरफ अलिले आफ्नो मार्मिक अवस्थाको बारेमा मर्मस्पर्शी भोगाईको चर्चा गरेका थिए।
Fake news or what? B and B hospital maa call gareko ta kehi chaina rey testo subidhaa