Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

Nam Raj Bhatta by Nam Raj Bhatta
January 22, 2021
in News
Reading Time: 1 min read
A A
5
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
607
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ९ माघ २०७७

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने बिरामीहरुले मोबाइल तथा अनलाइनबाटै टिकट लिन सकिने व्यवस्था गरिएको छ।

कोरोना संक्रमणको अवस्थापछि अस्पतालले बिरामीको सहजताका लागि मोबाइल एप र अनलाइन प्रणालीबाट टिकट लिन सक्ने व्यवस्थाको सुरु गरेको अस्पतालका प्रवक्ता राम विक्रम अधिकारीले जानकारी दिए । उनका अनुसार यो सेवा परीक्षणका रुपमा मंसिर महिनादेखि शुरु भएको हो। केही समयको परीक्षणपछि अस्पतालले नियमित रुपमा उक्त सेवा सुरु गरेको छ।

मोबाइल मार्फत टिकट काट्नका लागि बिरामी तथा बिरामीका आफन्तले त्रिवि शिक्षण अस्पतालको ‘टिचिङ हस्पिटल’ नामक एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। उक्त एप खोलेर ‘इटिकटिङ’मा क्लिक गरी टिकट काट्ने तरीकाबारे जानकारी लिन सकिने छ।

अनलाइन मार्फत टिकट काट्न अनलाइन टिकटमा क्लिक गरी विभाग वा रोगको लक्षणमा क्लिक गर्नुपर्ने हुन्छ। आफुलाई देखिएको समस्याहरुमा क्लिक गर्दै गएपछि ओपिडि वा पेइङ सेवा छनौट गर्न सकिन्छ । सेवाको प्रकार छनौट गरी जनरल ओपिडीमा, डाक्टर वा मिति अनुसार युनिट छनौट गर्नुपर्ने हुन्छ।

त्यसपछि बिरामीले पात्रोमा गएर मितिमा क्लिक गरी आफ्नो व्यक्तिगत डेटा फारम भरी भुक्तानी गर्ने मध्यम छनौट गरी विवरणहरु निश्चित गर्नुपर्ने हुन्छ।

अनलाइन सिस्टमले व्यक्तिले दिएको विवरण प्रमाणिकरण गरी टिकट बुक भएको पुष्टिसहितको विवरण पिडिएफमा देखाउने छ । उक्त पिडिएफ फाइललाई सम्भव भए आफैंले प्रिन्ट गर्ने र सम्भाव नभए ओपिडिमा ल्याएर चिकित्सकलाई दिने वा ओपिडिमा भएका स्टाफलाई देखाउन सक्नेछन्।

बिरामीहरुले अस्पतालमा पुगेर टिकटको लागि टोकन लिनु पर्दैन। अस्पतालले ओपिडि सेवाका लागि एक जना अस्पतालमै टिकट काट्ने व्यक्तिपछि अर्को अनलाइन टिकट काट्ने व्यक्तिको पालो पाउने गरी व्यवस्थापन गरेको छ।रामीहअनलाइन मार्फत टिकट काटेर आएका

अस्पतालका प्रवक्ता अधिकारीका अनुसार यसरी अनलाइनबाटै टिकट लिन चाहने व्यक्तिले इसेवा, प्रभु पे, आइएमी र खल्ती एपको माध्यमबाट पैसा तिर्न सकिने व्यवस्था गरिएको छ।अस्पतालमा जनरल टिकटको नयाँ बिरामीका लागि ६० रुपैयाँ, पुराना बिरामीका लागि ३० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ भने पेइङ क्लिनिकबाट सेवा लिन चाहनेले ४०० रुपैयाँ अनलाइन मार्फत तिर्नुपर्ने हुन्छ।

मोबाइल एपबाट टिकटको व्यवस्था गरेपनि धेरै मानिसहरुमा यो विषयमा जानकारी नहुँदा अहिले एप मार्फत टिकट लिनेको संख्या भने न्यून रहेको अस्पतालका प्रवक्ता अधिकारीको भनाइ छ ।

‘अनलाइन टिकटको व्यवस्था गरिएपनि धेरैलाई यो विषयमा जानकारी नहुँदा सोचेजस्तो प्रभावकारी भएको त छैन,’ प्रवक्ता अधिकारीले भने, ‘यो विषयमा जानकारी बढ्दै जाँदा प्रभावकारी रुपमा सेवा अगाडि बढ्न सक्छ। यसका साथै दुर्गम क्षेत्रबाट आउने बिरामीहरुलाई टेक्नोलोजीबारे ज्ञान नहुँदा पनि उनीहरु अस्पतालमै आएर टिकट लिने गरेको देखिन्छ। दैनिक ७, ८ जनाले मात्र अनलाइनबाट टिकट लिइरहेको पाएका छौं।’

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Online ticket
SummarizeShare255ScanTweet147

Related articles

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ

by Nam Raj Bhatta
August 22, 2026
0

नेपाल स्वास्थ्य व्यवसायी परिषदको रजिष्टारमा रमेश श्रेष्ठ नियुक्त हुनुभएको छ। श्रेष्ठले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। श्रेष्ठले...

स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान

राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित

by Nam Raj Bhatta
August 22, 2026
0

चिकित्सक तथा प्राध्यापक डा. मनोहर प्रधान राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा मनोनित भएका छन्। डा. प्रधान हाल स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रमुख सल्लाहकारका रूपमा कार्यरत छन्। डा. प्रधान...

आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

by Nam Raj Bhatta
August 22, 2026
0

आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त भएका छन् । शुक्रबार डा. अर्यालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका...

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिबमा डा. प्रमोद जोशी नियुक्त

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिबमा डा. प्रमोद जोशी नियुक्त

by Nam Raj Bhatta
August 21, 2026
0

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशी लाई सदस्य सचिव पदमा नियुक्त गरेको हो । डा....

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिबमा डा. प्रमोद जोशी नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.