काठमाडौं, २४ कात्तिक २०७९
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वान हार्ट वर्ल्ड वाईडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोल्ड रुम भवन हस्तान्तरण गरेको छ।
कोभिड–१९ महामारीको समयमा खोप भण्डारणको समस्या भएपछि स्वास्थ्य सेवा विभागले कोल्ड रुम थप भवन थप गरेको हो । बुधबार विभागले नयाँ कोल्ड रुम निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।
यस संस्थाले विभागको चाहना अनुसार ५ महिनामा कोल्ड रुम निर्माण गरिदिएको हो । विभागका अनुसार १ करोड ४० लाख ६९ हजार लागतमा निर्माण भएको हो। यो कोल्ड रुम २ तलाको छ । सो भवनमा तीन वटा कोल्ड रुम रहनेछ ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले तत्काल संचालनमा ल्याउन आग्रह गरे । सुरुमा भवन बनाउछु भन्दा विश्वास लागेको थिएन, सचिव पोखरेलले भने, ‘तर, यति छोटो समय भित्र २ तलाको भवन बनेको छ । अब कुर्सी हैन फिजर राखेर खोप भण्डारण चाँडै गर्नुहोस् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले इच्छाशक्ति र चाहेमा छोटो समयमा पनि काम गर्न सम्भव छ भन्ने सन्देश दिएको बताए । उक्त भवन १५०७ स्क्वायर फिटमा बनेको छ ।
व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले विगतमा सामान्य भ्याक्सिनको माग बढ्ना साथ भण्डारणमा समस्या भएको बताए । तर, अब माग बढेपनि उपलब्ध भएका भ्याक्सिन भण्डारणमा कुनै समस्या नहुने उनको भनाइ छ ।
आपूर्ति व्यवस्थापन महाशाखा अन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले कोल्ड रुम आवश्यक भएको बताए । अहिले पनि भ्याक्सिन राख्न सहज छैन । भ्याक्सिन थप्नुपर्ने छ, त्यसका लागी व्यवस्थापनमा नै समस्या छ । यस्तो अवस्थामा वान हार्ट वाइडले बनाइ दिएको छ । यो खुसीको कुरा हो ।
वान हार्ट वर्ल्ड वाईडका कार्यकारी निर्देशक सुर्य भट्टले कोभिड माहामारी भइसकेपछि भ्याक्सिनको भण्डारणको राख्नको लागि आवश्यक पुर्वाधार नहुँदा समस्या परेको थियो र सरकारले भ्याक्सिन किन्न सक्ने क्षमता भएपनि भण्डारण गर्न सक्ने क्षमता नहुँदा यो भवन निर्माण गर्ने पक्रिया स्वास्थ्य मन्त्रालयबाट प्रस्ताव आएको बताए।
भट्टका अनुसार स्वास्थ्य मन्त्रालयले छोटो समयमा भण्डारण गर्न सक्ने सम्भव छ भनेर सोध्दा हामीले सक्छौं भन्ने प्रस्ताव पठायौ। सरकारले नसोचेको समयमानै हामीले ५ महिना भित्र भवन निर्माण सम्पन्न गरेका हौं। धेरै लामो प्रक्रिया पुरा गर्नुपर्ने हुँदा हुँदै हामीले छोटो समयमा भवनको डिजाइनलाई स्वीकृती लिन सफल भयौं। मलाई लाग्छ आज आएर खुसी सँगै यति छोटो समयमा काम गर्न सकिन्छ उनले भने।
हामीले भवन निर्माण मात्रै नभएर उपकरण, औजारहरू, जेनेरेटर र फ्रिज पनि थप्नेछौ अरु दातृनिकायहरुले सहयोग गरेको फ्रिज पनि त्यतिकै बसिराखेको अबस्थामा यसलाई अब कोल्ड रोममा स्थापित गर्न सकिन्छ। अब यो भबन छिट्टै पुर्ण रुपमा सञ्चालनमा आउने छ।
यो संस्थाले बिगत १२ वर्ष देखि नेपालमा मातृशिशु क्षेत्रमा काम गर्दै आएको छ। अब अहिले कोभिड माहामारीमा ठुलो लजेष्टिक देखि लिएर विभिन्न स्वास्थ्य कार्यक्रममा काम गरिरहेको छ। कोभिडको पहिलो, दोस्रो र तेस्रो लहरमा प्राविधिक रुपमा पनि सहयोग गर्दै आइरहेको छ। नेपालका बिभिन्न जिल्लाहरुमा आमा र बच्चालाई कोभिड वाट परेको असरको न्युनिकरण सम्बन्धी कार्यहरू गर्दै आइरहेको छ।