काठमाडौं, १५ माघ २०८२
काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले आफ्ना मेडिकल स्टाफहरुका लागि बेसिक लाइफ सपोर्ट (बिएलएस) कार्यशाला सम्पन्न गरेको छ।
अस्पतालको मानव संसाधन विभाग तथा नर्सिङ विभागको नियमित मेडिकल शिक्षा कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको कार्यशालामा सिपिआर लगायतका बेसिक लाइफ सपोर्टका विबिध विषयमा प्रशीक्षण गरिएको थियो ।
ॐ हस्पिटलका आकस्मिक उपचार विभागका प्रमुख बिशेषज्ञ डा. दिवाकर पराजुली प्रशिक्षक रहनुभएको कार्यशालामा आकस्मिक उपचार विभागककी नर्सिङ इन्चार्ज सुमिना कर्माचार्य सहित हस्पिटलको बिभिन्न विभागमा कार्यरत मेडिकल अफिसर तथा नर्सिङ स्टाफहरुको उत्साहजनक सहभागिता रहेको थियो।
सहभागिहरुलाई प्रमाणपत्र प्रदान गर्नुहँदै ॐ हस्पिटलकी नर्सिङ डाइरेक्टर उमा श्रेष्ठले कार्यशालामा सहभागि सबैलाई शुभकामना दिनुभयो आफूले सिकेका सीप तथा ज्ञानलाई पूर्णरुपमा उपयोग गरी स्तरिय उपचारसेवा प्रदान गर्नसके यस किसिमका तालिमहरुले सार्थकता पाउने विश्वास ब्यक्त गर्नुभयो।
नेपालको अग्रणी निजी स्वास्थ्य संस्था ॐ अस्पतालले समसमयिक मेडिकल अपडेट तथा क्लिनिकल स्किल इन्ह्यान्समेन्ट प्रोग्राम अन्तर्गत नियमित रुपमा यस कसिसमका सिएमई तथा सिएनईहरु सञ्चालन गर्दै आइरहेको छ।













