काठमाडौं, २० कात्तिक २०८२
पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा १७.४४ प्रतिशत मात्रै पास भएका छ्न।
नेपाल नर्सिङ परिषद्ले गरेको लाइसेन्स परीक्षामा जम्मा १७.४४ प्रतिशत उत्तीर्ण भएका हुन।
परिषदले गत कात्तिक १६ गते देखि १८ सम्म परीक्षा गरेको थियो।
काउन्सिलका परीक्षा समितिका अनुसार यसपटक पीसीएल नर्सिङ परीक्षाका लागि ६४५ जनाले फारम भरेका थिए। जसमध्ये १०५ जना मात्रै उत्तीर्ण भएका हुन् ।परीक्षामा ६०२ जनाले मात्रै सहभागीता जनाएको थियोे ।
त्यस्तै बीएस्सी नर्सिङ तर्फ २१७ ले फर्म भरेका तथा २१० जना सहभागी थिए, जसमध्ये ९६ जना पास भएका छन् । जुन ४५.७१ प्रतिशत हो। यस्तै विशेषज्ञ नर्सतर्फ ९८ले फर्म भरेका तथा ८९ जना सहभागी थिए,जसमध्ये ५० जना पास भएका छन्,जुन ५६.१८ हो।












