काठमाडौं, ०२ कात्तिक २०८२
थापाथलीस्थित रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले नर्सिङ कर्मचारीहरूको पारिश्रमिकमा वृद्धि गरेको छ । स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको तलब ३५ हजार रुपैयाँ कायम गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले एक प्रेस विज्ञप्तिमार्फत नर्सिङ कर्मचारीको भूमिकालाई कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ । नयाँ तलबमान कात्तिक १ गतेदेखि लागु हुनेछ ।
नर्भिक अस्पतालले चालु आर्थिक वर्षमा दोस्रोपटक पारिश्रमिक पुनर्मूल्यांकन गर्दै नर्सिङ कर्मचारीको तलब बढाइएको बताएको छ ।
अस्पतालले स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने अस्पतालले बताएको छ ।
विभिन्न अस्पतालमा अहिले नर्सहरूले सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलन गरिरहेका छन् ।