काठमाडौं, २४ असोज २०८२
थापाथलीस्थित रहेको नर्भिक इन्टरनेशनल अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।
बाथरोग दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा. अरुणकुमार गुप्ताले बताउनु भयो। निशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
यस्तैगरी अस्पतालले दिवसको अवसरमा बाथरोगको प्याकेजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अस्पतालको ल्याब परीक्षणमा पनि २० प्रतिशत छुटको व्यवस्था गरेको छ।
प्याथोलोजी टेस्ट, नन इन्भेजिभ कार्डियाक इन्भेस्टीगेशन, एक्सरे, सीटी तथा एम आर आई र अल्ट्रासाउन्डमा २० प्रतिशत छुट उपलब्ध गराइनेछ। सेवा लिनका लागि फोन नम्बर ०१- ५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ।
नेपालमा विश्व बाथ रोग दिवस यही असोज २६ गते (१२ अक्टोबर) का दिन विभिन्न कार्यक्रमका साथ मनाइँदैछ।