Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पूर्वमै पहिलो पटक नोबेल अस्पतालमा विना चिरफार नसा च्यापिएको सफल शल्यक्रिया #Nobelhospital

Nam Raj Bhatta by Nam Raj Bhatta
December 21, 2022
in News
Reading Time: 2 mins read
A A
0
पूर्वमै पहिलो पटक नोबेल अस्पतालमा विना चिरफार नसा च्यापिएको सफल शल्यक्रिया #Nobelhospital
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

विराटनगर, ६ पुस २०७९

प्रदेश १ मै पहिलो पटक नोबेल शिक्षण अस्पताल बिराटनगरमा  ढाडको नसा च्यापिएको विना चिरफार ल्याप्रोस्कोपी प्रविधिबाट शल्यक्रिया गरिएको छ ।

सामान्यतया नसा च्यापिएका बिरामीहरुको ढाड चिरेर शल्यक्रिया गर्ने गरिएकोमा प्रदेश १ मै पहिलो पटक नोबेलका चिकित्सकहरुले ल्याप्रोस्कोपी अर्थात दुरविनको सहायतामा स-साना प्वाल बनाएर नसा च्यापिएको ढाडको सफल शल्यक्रिया गरेका हुन् ।

Dr. Prakash neuro

सोमबार नोबेल अस्पतालका डा. प्रकाश काफ्लेको नेतृत्वमा डा. एडमन्ड जोनाथन र डा. प्रमोद चौधरीको टोलीले झापा कमल गाउँपालिका २ की २८ वर्षीय बिमला कार्कीको मिनिमली इनभेसिभ स्पाइन सर्जरी गरेका हुन् । सामान्यतया ढाड भाँच्चिएको र नसा च्यापिएको शल्यक्रिया गर्दा ढाड चिर्नुपर्दथ्यो ।

यसबाट शल्यक्रिया गर्दा बढी रगत जाने, शल्यक्रिया पश्चात लामो समय अस्पताल बस्नुपर्ने तथा शल्यक्रिया गरेको घाउसमेत निको हुन लामो समय लाग्ने डा. काफ्लेले जानकारी दिनुभयो। ल्याप्रोस्कोपी प्रविधिबाट स–साना प्वाल बनाएरै नसा तथा ढाडको शल्यक्रिया गर्दा बिरामी चाँडो निको हुने तथा अस्पतालमा धेरैदिन बस्नुपर्ने बाध्यता हटेको पनि डा. काफ्लेले बताए।‌ यो प्रविधिले बिरामीलाई धेरै राहत पुगेको छ, रगत धेरै जाँदैन । लामो समय ओछ्यानमा बसेर रेष्ट गर्नु पर्दैन ।

Dr. Prakash kafle

एकहप्ता अगाडी घरमै लडेर ढाड भाच्चिएकी कार्कीलाई सुरुमा दमकस्थित आम्दा अस्पतालमा उपचारका लागि २ दिन राखिएको थियो । आम्दाले शल्यक्रिया गर्न नसक्ने बताएपछि उनलाई बिहीबार नोबेल शिक्षण अस्पताल ल्याइएको बिरामी कार्कीकी आफन्त कुसुम निरौलाले बताइन् । सोमबार शल्यक्रिया गरिएकी कार्की अहिले सामान्य हिँडडुल गर्नसक्ने भएकी छिन् । अस्पतालले उनलाई डिस्चार्ज गर्ने तयारी गरेको छ ।

बिरामीको शल्यक्रियामा डा. काफ्लेको टीममा एनेस्थेसियाका डा. सञ्जय, टेक्निनिसियन खेम आचार्य, सचिन दाहाल तथा नर्स तृष्णा काफ्लेको टीम समेत संलग्न थियो ।

मिनिमली इनभेसिभ स्पाइन सर्जरी भनेको के हो ?

मिनिमली इनभेसिभ स्पाइन सर्जरी (MISS) मेरुदण्डको हड्डी (ब्याकबोन) को एक प्रकारको शल्यक्रिया हो । यस प्रकारको शल्यक्रियामा परम्परागत शल्यक्रिया नगरीकन स–साना प्वालहरु पारेर दुरविनको सहायताबाट शल्यक्रिया गरिन्छ । यसले प्रायः नजिकैको मांसपेशी र अन्य तन्तुहरूलाई कम हानि पुर्याउने, बिरामीलाई कम दुखाइ हुने र शल्यक्रिया पछि घाउहरु पनि छिटो निको हुन्छ ।

मेरुदण्डको शल्यक्रियाको पुरानो विधिलाई ओपन सर्जरी भनिन्छ । यस विधिमा ढाडमा लामो चीरा पारिन्छ । मेरुदण्डको वरिपरिको मांसपेशी र नरम तन्तुहरू सार्नु पर्छ । केहि अवस्थामा, उक्त तन्तुहरु हटाउनु पनि पर्ने हुन्छ ।

मिनिमली इनभेसिभ स्पाइन सर्जरीको समयमा चिकित्सकले सानो प्वाल बनाएर त्यसबाट ट्यूबलर रिट्र्याक्टर भनिने यन्त्र घुसाउँदै मेरुदण्डको समस्या भएको क्षेत्रमा सुरुङ बनाउँछ । यसले बिस्तारै मांसपेशी र उक्त क्षेत्रको वरिपरि नरम तन्तुलाई धकेल्छ । त्यसपछि शल्यचिकित्सकले मेरुदण्डमा काम गर्नको लागि सोही सुरुङबाट साना औजारहरू राख्दै शल्यक्रिया गर्न सक्छन् । यो सबै गर्नका लागि सर्जनले एक विशेष अपरेटिङ माइक्रोस्कोप पनि प्रयोग गरी मेरुदण्डको वास्तविक अवस्थाहरु हेर्न सक्छन् ।

मिनिमली इनभेसिभ स्पाइन सर्जरीका बेला लुम्बर डिसेक्टोमी, लामिनेक्टोमी र स्पाइनल फ्युजन समावेश गरिएको हुन्छ ।

Dr. Prakash kafle 1

मिनिमली इनभेसिभ स्पाइन सर्जरीका फाइदाहरू

मिनिमली इनभेसिभ स्पाइन सर्जरीले परम्परागत सर्जिकल उपचारको तुलनामा उपचार पद्दतिमा मात्र हैन बिरामीलाई पनि धेरै राहत दिने डा. काफ्लेले जनाए । यो प्रक्रिया स–साना चीराहरू मार्फत शल्यक्रिया गरेर हासिल भएको हुनाले यसले कम दुखाई गर्ने, लामो समय अस्पतालमा बस्न नपर्ने, छिट्टै रिकभर हुने, कम दाग बस्ने, संक्रमणको जोखिम कम हुने फाइदा रहेको छ ।

नोबेलले पूर्वमै पहिलो पटक नसा तथा मेरुदण्ड बिरामीहरुको शल्यक्रियाका लागि ल्याप्रोस्कोपी प्रविधि सुरु गरेसँगै नसा तथा मेरुदण्डका बिरामीहरुलाई उपचारका लागि काठमाडौं तथा भारतका विभिन्न अस्पतालहरुमा जानुपर्ने बाध्यता हटेको छ ।

नोबेल शिक्षण अस्पताललाई अत्याधुनिक विशिष्टीकृत अस्पतालका रुपमा रुपान्तरण गर्न संस्थापक डा. सुनिल कुमार शर्माको महत्वपूर्ण भूमिका रहेको छ । डा. शर्माकै नेतृत्वमा नोबेलमा चिकित्सा सेवाका नविनतम उपचार पद्दतिहरु सुरु गरिएको थियो । डा. शर्मा हाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएसँगै कार्यकारी पदबाट राजिनामा दिइसकेका छन् । नोबेलमा यसअघि नै दक्षिण एशियाकै अत्याधुनिक न्यूरो सेवा सञ्चालनमा ल्याइएको थियो ।

Tags: Corona Virus #Covid19Dr. Prakash kafleDr. Sunil Kumar SharmaNeuro SurgeryNobel Hospital Biratnagar
SummarizeShare236ScanTweet147

Related articles

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण

by Nam Raj Bhatta
September 26, 2026
0

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट एमबीबीएस उत्तीर्ण गरी इन्टर्नसिप पूरा गरेका नवौँ ब्याचका ८५ नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति महारथी अशोकराज सिग्देलले प्रमाणपत्र वितरण गरेका छन्। बिहीबार आयोजित कार्यक्रममा...

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना

by Nam Raj Bhatta
September 26, 2026
0

दुखाई व्यवस्थापन तथा न्युरोलोजिकल रोगको उपचारमा बोटुलिनम टक्सिनको बढ्दो प्रयोग, यसको वैज्ञानिक आधार, सुरक्षित प्रयोग तथा आधुनिक इन्जेक्सन प्रविधिबारे काठमाडौंमा विशेष प्रि–कन्फरेन्स वर्कसप सम्पन्न भएको छ। NASPCON 2026...

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
September 25, 2026
0

भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। ८० वर्षीय पुरुष बिरामीमा दायाँतर्फको Acute-on-Chronic Subdural Hematoma (SDH) को निदान भएपछि आवश्यक मूल्याङ्कन तथा तयारीपश्चात् Right-sided Burr Hole...

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न

by Nam Raj Bhatta
September 24, 2026
0

मनमोहन मेमोरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेजले विश्व फार्मेसी दिवसको पूर्व सन्ध्यामा Empowering Pharmacists for Healthier future " नारा सहित एक दिवसिय सेमिनार भव्य रुपमा सम्पन्न गरेको छ ।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    880 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    708 shares
    Share 283 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    699 shares
    Share 301 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    648 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    700 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नवदीक्षित चिकित्सकलाई प्रधान सेनापति सिग्देलद्वारा प्रमाणपत्र वितरण
  • बोटुलिनम टक्सिनको प्रयोगबाट दुखाइ तथा न्युरोलोजिकल रोगको उपचारमा नयाँ सम्भावना
  • भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
  • विश्व फार्मेसी दिवस २०२६ को अवसरमा सेमिनार सम्पन्न
  • उपचारभन्दा रोकथामको बाटो, स्थानीय सरकारको पहिलो प्राथमिकता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.