काठमाडौं, ९ पौष २०७९
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौं इकाईकाे आज भएको १९ ओैं अधिवेशनको अध्यक्षमा अनिल खड्का निर्विरोध निर्बाचित भएका छन्।
NMSRA का केन्द्रिय अध्यक्ष अनिल दहालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा कार्यक्रमको संचालन सचिब दिनेश रिजालले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा अतिथिको रुपमा पिडानका केन्द्रीय अध्यक्ष शिब राज बास्कोटा, पिनका अध्यक्ष गान्धि प्रसाद शर्मा, नेपाल औषधि व्यवसायी संघका केन्द्रीय सदस्य प्रशान्त मानान्धरले कार्यक्रम भब्य रुपमा सफल बनाउनको लागि शुभकामना दिनु भएको थियो भने सहभागी लाई बरिष्ठ उपाध्यक्ष अनिल खड्काले स्वागत मन्तब्य राख्नु भएको थियो ।
सम्मेलनमा नेपाल औषधि थोक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष शिवराज बास्कोटाले सवैजना मिलेर औषधि क्षेत्रको बिकासमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
सम्मेलनका प्रमुख अथिति अनिल दहालले पेशागत हकहितका निम्ति सँस्था प्रतिवद्ध रहेर काम गर्नुको साथै नव निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गर्नुभयो।
आज सम्पन्न अधिबेशनबाट अध्यक्षमा अनिल खड्का, बरिष्ठ उपाध्यक्षमा, दिनेश रिजाल, उपाध्यक्षमा एञ्जल पौडेल, सचिवमा भोज बहादुर बानियाँ निर्वाचित भएका छन।
त्यसैगरी सहसचिवमा सिताराम खड्का र डिएन ढकाल, कोषाध्यक्षमा कोष राज अवस्थी र सह-कोषाध्यक्षमा विमल चौधरी निर्बाचित भएका छन।
त्यस्तै सदस्यहरुमा मनोज श्रेष्ठ, मनिष मान महर्जन, गोपिना राई, सुदर्शन रेग्मी र सुजल आरसी सर्बसम्मत निर्बाचित भएका छन ।
निर्बाचन नेतृत्व छनोटको एउटा प्रकृया भएपनि सबैलाई समेटेर अगाडि बढ्ने र बौद्धिक श्रमिकको पहिचान लाई अझ सशक्त गराउने आफ्नो भाबि योजना रहेको नब निर्बाचित अध्यक्ष खड्काले बताउनु भयो ।
अन्त्यमा संस्थालाई सबै साथीहरुको साझा संस्था बनाउने र श्रम ऐन २०७४ लाई कार्यान्यवनमा लाने गरि नयाँ कार्यक्रम सार्बजनिक गरिने नबनिर्बाचित सह सचिब सिताराम खड्काले बताउनु भयो ।