धनगढी , ५ श्रावण २०७८
सुदुरपश्चिम प्रदेश धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाईरेक्टरमा डा. मेराज आलम अन्सारी नियुक्त भएका छन् ।
हस्पिटलको बोर्डले डा. अन्सारीलाई मेडिकल डाईरेक्टरमा नियुक्त गरेको हो ।
डा. अन्सारी बिगत केही बर्षदेखी सेती प्रादेशिक अस्पतालमा काम गर्दै आएका थिए। नेपालगन्ज मेडिकल कलेजबाट एम.एस. अध्ययन सकेर उक्त कलेजमै लेक्चरको जिम्मेवारी पनि सम्हालिसकेका छन्।