निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् ।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले योग्यताक्रमको पहिलो नम्बरमा सिफारिस गरेका अस्पतालकास्त्रीरोग तथा प्रसुती रोग विशेषज्ञ डा. परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय भएको उल्लेख गरेको छ ।
रिक्त रहेको निर्देशक पदमा पदपूर्ति गर्न मन्त्रालयले गत ५ असारमा सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो । त्यसमा आवेदन दिएका प्रतिस्पर्धीहरुमध्येबाट सिफारिस समितिले प्राडा. परियारलाई पहिलो नम्बरमा राखि आईतबार सिफारिस गरेको थियो ।
सोही सिफारिसको आधारमा अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयका आधारमा डा. परियारलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरिएको हो।






