काठमाडौं, ५ बैशाख २०८२
काठमाडौंको भृकुटीमण्डपमा आज देखि अर्थात (शुक्रबारदेखि आइबारसम्म) तीन दिने नेपडेन्ट सम्मेलन शुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आथित्वमा सम्मेलन शुरु भएको छ।
संघका अध्यक्ष शालिकराम अर्यालले तेस्रो नेपडेन्टको शुरुआत भएकोमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो।
अर्यालले यो सम्मेलनमा सबै डेन्टल सप्लायर्स मिलेर भव्य र सभ्य बनाउनमा जोड दिनुभयो।
उद्घाटन समारोहमा नेपाल डेन्टल एसोसिएसनका अध्यक्ष, डेन्टल हाइजेनिष्टका अध्यक्ष, नेपाल डेन्टल साइन्स हाइजेनिष्ट लगायतहरु उपस्थिति रहेको थियो।
संघका सचिव निरन्जन खतिवडाले तेस्रोपटक हुन लागेको उक्त सम्मेलन काठमाडौँको भुकुटीमण्डपमा हुने तीन सिने सम्मेलनमा ५ हजार भन्दा बढी अवकलोनकर्ताहरुले अवलोकन गर्ने खतिवडाले विश्वास व्यक्त गरे ।
संघका अध्यक्ष अर्यालले यस सम्मेलनमा करिब ९० भन्दा बढी स्टल राखेको र उक्त सम्मेलनमा दन्त चिकित्सा क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई दन्त सामग्रीबारे जानकारी समेत दिइने बताउनुभयो।
कार्यक्रममा दन्त चिकित्सक, डेन्टल हाइजेनिष्ट, डेन्टल कलेजका विद्यार्थीहरु, डेन्टल हस्पिटलका संचालकहरु, डेन्टल क्लिनिक, डेन्टल ल्याब लगायत डेन्टल सङ्ग सम्बन्धितहरुको उपस्थिति रहने संघका प्रवक्ता सुवेदीले जनाए । साथै उनले सम्मेलनमा प्रदर्शन गरिने सामानमा सम्मेलन अवधिभर पचास प्रतिशतको छुट रहने जनाए ।
सम्मेलन आयोजनाको लागत ६५ देखि ७० लाख लाग्ने अनुमान गरिएको छ।