नेपाली सेनाले खोटाङमा आयोजना गरेको एकदिने स्वास्थ्य शिविरमा करिब २०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
खोटाङको रणभीम गण मुडे र १८ नम्बर फिए गुल्मको संयुक्त आयोजनामा साकेला गाउँपालिका–२ रतन्छामा सोमबार आयोजित सो शिविरमा १४९ महिला, ५९ पुरुष तथा १० जना बालबालिकाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका हुन्
नागरिक सैन्यसम्बन्ध सुदृढ गर्ने उद्देश्यले साकेला गाउँपालिकामा एकदिने स्वास्थ्य शिविर आयोजना गरिएको रणभीम गण मुडेका गणपति केदारप्रसाद लामिछानेले जानकारी दिनुभयो।







