काठमाडौं चैत्र १५,
डा. बंशीधर मिश्र
नेपाली राजदूत
बंगलादेश ढाका
वैश्विक महामारी (Pandemic) घोषित भैसकेको नोवेल कोरोना भाईरस (Covid19)को संक्रमणका कारण विश्व आक्रान्त बनिरहेको यस घडिमा हाल बंगलादेशमा रहनु भएका सबै नेपाली दाजुभाई दिदी बहिनीहरुमा धैर्य एवं संयमका साथ जो जहां हुनुहुन्छ त्यहीं शुरक्षित रहनुका साथै बंगलादेश सरकारले यहि २६ मार्च २०२० देखि ४ अप्रिल सम्म लागु गरेको लक – डाउन संबन्धि सम्पुर्ण नियम एवं निर्देशको पुर्ण पालना गर्न हार्दिक अनुरोध गर्दछु।
हालको बिषम परिस्थितिमा नेपालमा २४ देखि ३१ मार्च सम्म लकडाउन गरी सकेको र छिमेकि मुलुक भारतमा २४ मार्च देखि १४ अप्रैल २०२० सम्म लकडाउनको निर्णय गरेको सबैलाई जानकारी नै छ । परिस्थिति अनुसार यो अवस्था बढन पनि सक्ने सम्भावना लाई विचार गर्दै यस विषम घडिमा सबै धैर्यताका साथ आ-आफ्नो स्थानमा शुरक्षित रहनु नै श्रेयष्कर हुनेछ।
राजदूतावासले गत सप्ताहसम्म धेरै कलेजहरुमा विद्यार्थीहरुको अनुरोधका आधारमा नेपाली बिद्यार्थीहरुलाई नेपाल फर्कन कलेज , विश्वविद्यालय संग सम्पर्क र अनुरोध गरी सहजिकरण गरेको थियो र ठुलो संख्यामा नेपाल फर्केको जानकारी प्राप्त भएतापनि राजदूतावासको online emergency registration मा आज (२७ मार्च २०२०) सांझ ६ बजे सम्म ७६७ नेपालीहरुले बंगलादेशका विभिन्न स्थानहरुबाट आफ्नो अभिलेखिकरण गर्नु भएको छ।
नेपाल सरकारको पछिल्लो निर्णय अनुसार विदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुलाई हाल बसेकै स्थानमा शुरक्षित बस्न निर्देश गरेको र तत्काल नेपाल फर्काउने कुनै योजना न भएको ब्योहोरा अवगतै होला। यसै बिच यहि २५ मार्चमा बंगलादेशका माननीय परराष्ट्र मन्त्रीज्यूले दक्षिण एशियाका राजदूतहरुलाई मन्त्रालयमा एक्ला एक्लै भेट गर्ने क्रममा मसंगको भेटमा नेपालीहरुलाई संकटको समयमा बंगलादेशी नागरिक सरह ब्यवहार गरिने आश्वस्त पार्नुकासाथै समस्या परेमा सहयोगकालागि निर्धारित पदाधिकारी छुट्टी वा लकडाउन का दिन पनि परराष्ट्र मन्त्रालयमा रहने जानकारी गर्दछु ।
तसर्थ अहिलेको अवस्थामा आफ्नो मनोबल ऊच्च राख्दै यथा स्थानमा सुरक्षित बस्नु नै एक मात्र विकल्प रहेको छ । यदि कसैलाई अफ्नो बसाईमा कुनै समस्या भएमा नेपाली राजदूतावासद्वारा पटक पटक जारी गरेको सुचना, वेबसाईट लगायतमा उपलब्ध ठेगानामा सम्पर्क गर्नु होला भनी अनुरोध छ।
र संकटको समयमा एक – अर्कालाई सहयोग गर्ने नेपाली प्रचलन अनुसार आफ्नो सम्पर्कमा रहनु भएकालाई सुरक्षित रुपमा सहयोग गर्न र आवस्यकता अनुसार राजदूतावासलाई समेत जानकारी गराउनुहुन हार्दिक अपिल छ।
नेपाली राजदूतावास बंगलादेश ढाका नेपाल तथा बंगलादेशका सरकारी निकायहरुसंग नियमित सम्पर्कमा रही बंगलादेशमा रहनु भएका सबै नेपालीहरुको रेख देख तथा परी आएको समस्या समाधान गर्न सदा तत्पर रहेको ब्योहोरा जानकारी गराउद छु।