काठमाडौं, १६ फागुन २०८०
सरकारले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. सतिशकुमार देवलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. देवलाई रजिष्ट्रारमा नियुक्त गरेको हो । फागुन ८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि खाली रहेको काउन्सिलको रजिष्टारमा डा. देवलाई सिफारिस गरेको थियो । मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिष्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।
पूर्व मेडिकल काउन्सिलका सदस्यसमेत रहेका डा. देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए ।
डा. देव त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)मा फर्माक्लोजीका सह—प्राध्यापकसमेत रहेका छन् ।