काठमाडौं, १६ कात्तिक २०८२
शुक्रबार नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।
संघका अध्यक्ष डा. अनिल विक्रम कार्कीसहितका पदाधिकारीले मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।
सुझाबमा प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन, सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जवाफदेहिता स्पष्ट पार्ने उद्देश्यसहित चिकित्सक, स्वास्थ्यकर्मी र जनतालाई समेटेर प्रमुख चुनौतीबारे स्वास्थ्य सेवा प्रणालीका समस्या समाधान छन् ।
भेटघाट कार्यक्रममा एक विज्ञप्ति जारी गरी चिकित्सक संघले प्राथमिक स्वास्थ्य सेवा केन्द्रमा पर्याप्त चिकित्सक, औषधि, परीक्षण सुविधा र व्यावसायिक क्षमताको अभाव रहेको जनाउँदै संघले मानव स्रोत तथा समायोजनका समस्या रहेको जानकारी गराएको छ ।
संघले सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीलाई समान कामका लागि समान पारिश्रमिक नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल, स्थानीय सरकार, कानुनी प्रावधानहरू जस्ता आधारभूत संरचनामा सुधार आवश्यक रहेको स्पष्ट पारेको छ । संघले स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानव स्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न समन्वय लागि आवश्यक रहेको जानकारी दिएको छ।













