
काठमाडौं, ०१ पुस २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि अध्यक्ष पदमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण प्रसाद भुसाल बीच निकै प्रतिष्पर्धा हुने भएको छ ।
प्रजातन्त्रवादी चिकित्सकबाट डा. बद्री रिजालको प्यानल रहेको छ । राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रिजाल हाल संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
यसअघि प्रगतिशिल समूहबाट डा. मंगल रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।
यस्तैगरि स्वतन्त्र टिम बनाएर डा. नारायण प्रसाद भुसाल पनि आफ्नो टिम बनाएर अध्यक्ष पदमा उम्मेदवारी दिएका छ्न।
यस्तैगरी संघको महासचिव रहनुभएका डा. सञ्जिव तिवारीलाई वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा भएको छ।
संघका हालका वरिष्ठ उपाध्यक्ष डा. रिजालले आफ्नो नेतृत्वमा चुनावमा जाने निश्चित भएको जानकारी दिनुभयो ।
डा. रिजालका अनुसार मेरो नेतृत्वमा संघको आगामी निर्वाचनमा चुनावी मैदानमा जानेछौ। अहिलेलाई अध्यक्ष सहित वरिष्ठ उपाध्यक्ष र महासचिवको मात्र टुंगो भएकोछ । अन्य पदमा जाने व्यक्तिहरुको लागि छलफल भइरहेको डा. रिजालको भनाई छ ।
यसअघि अध्यक्षमा उ्रम्मेदवारी घोषणा गरिसक्नुभएका डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने निश्चित भएको छ । डा. दवाडीले डा. रिजालको टिममा आफू महासचिवमा बस्ने भन्दै महासचिवमा उम्मेदवारी दिनुहुने भएको हो ।
यसअघि संघको अध्यक्ष पदका लागि डा. मंगल रावलले घोषणा गरिसक्नुभएको छ । प्रगतिशिल तर्फबाट संघको महासचिवमा डा. पदम नेपाली र स्वतन्त्र तर्फ डा. अमृत भुसालले पनि आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।














