काठमाडौं, २८ पुष २०८१
आँखा उपचारमा संलग्न चिकिस्कहरुको संस्था नेपाल अप्थाल्मिक सोसाइटीको भगिनी संस्था नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी सोसाइटीको अध्यक्षमा प्रा.डा. मिनु चौधरी चयन हुनुभएको छ ।
शुक्रवार सम्पन्न भएको संस्थाको तेश्रो वार्षिक साधारण सभाले डा. चौधरीलाई अध्यक्ष चयन गरेको होे । संस्थाका निवर्तमान अध्यक्ष प्रा.डा. रिता गुरुङले डा. चौधरी लगायतको नयाँ कार्यसमितिलाई स्वागत तथा पदभार हस्तान्तरण गर्नुभयो ।
सधारण सभाबाट सोसाइटीको उपाध्यक्षमा प्रा.डा. लीना बज्राचार्य, महासचिवमा डा. संगीता सिटौला, कोषाध्यक्षमा डा. पुष्पा गिरी श्रेष्ठ र सदस्यहरुमा क्रमशः डा. मनिष पाण्डे, डा. मनिता गोदार, डा. सागर रुइत, डा. रचना सिंह राना, डा. इशा विष्ट र डा. ज्योती सापकोटा रहेका छन् ।
आँखा उपचार अन्तर्गत आँखाको झिल्ली एवं मोतिबिन्दुको उपचारमा संलग्न चिकित्सकले नेपाल कर्निया, क्याट्रयाक्ट एण्ड रिफ्रेक्टिभ सर्जरी नामक संस्था बनाएर पेशागत हित र सिकाईको आदानप्रदान गर्ने कार्य गरिरहेका छन् ।
नवनिर्वाचित समितिले आफ्नो सल्लाहकारहरुमा प्राडा सन्दुक रुइत, डा. रीता गुरुङ र प्राडा. सञ्जय कुमार सिंहलाई सल्लाहकारमा चयन गरेको छ । आँखाको झिल्ली र मोतिबिन्दुको उपचारमा संलग्न ४४ जना आँखारोग विशेषज्ञ यस संस्थामा आवद्ध रहनुभएको छ।