काठमाडौं, १६ कात्तिक २०८०
नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र नेपाल दृष्टि विहिन कल्याण संघ बिच उपचारमा सम्झौता भएको छ।
बिहीबार त्रिपुरेश्वर स्थित नेपाल आँखा अस्पताल र दृष्टिविहिन तथा न्यून दृष्टि भएकाहरुको निशुल्क जाँच, न्यून दृष्टि उपकरणहरु निशुल्क बितरण गर्ने, व्यवसायीक तालिम प्रधान गरि पुनर्स्थापना गर्ने, अप्रेसन तथा उपचार गर्नुपर्ने भए निशुल्क वा सहुलियत दरमा गर्ने विषयमा सम्झौता भएको हो।
अस्पतालको तर्फबाट अध्यक्ष डा. गोपाल प्रसाद पोखरेल एवम् नेपाल दृष्टिबिहिन कल्याण संघको तर्फबाट अध्यक्ष तिर्थराज ओन्तले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
समुदाय स्तरमा न्यून दृष्टि भएकाहरुको पहिचान गरि निजहरुको व्यवस्थापन तथा व्यवसायीक तालिम दिई निजहरुलाई समाजमा पुनर्स्थापित गर्ने उद्देश्य रहेको दृष्टि विशेषज्ञ एवम् न्यून दृष्टि विशेषज्ञ अरुण प्रसाद ढुंगानाले बताउनुभयो।
उक्त कार्यक्रममा अस्पतालको कार्यसमिति सदस्य बिमल कुमार पौड्याल, अस्पतालको प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाइन, अस्पतालमा कार्यरत वरिष्ठ दृष्टि विशेषज्ञ एवम् न्यून दृष्टि विशेषज्ञ अरुण प्रसाद ढुंगाना र नेपाल दृष्टि बिहिन कल्याण संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो।