विराटनगर, १८ साउन २०८२
नेपाल डेन्टल एसोसिएसन मोरङ शाखाको अध्यक्षमा डा. निमिषा दास निर्विरोध निर्वाचित भएकी छिन्।
विराटनगरमा सम्पन्न अधिवेशनबाट डा. दास आगामी दुई वर्ष अर्थात् २०७९–०८४ कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन्।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा. अभिषेककुमार, महासचिवमा डा. कमरुल हक, कोषाध्यक्षमा डा. धिरज कुमार मण्डल तथा सह–सचिवमा डा. आदित्य साह चयन भएका छन्।
त्यस्तैगरी, सदस्यहरूमा डा. मीरा ठाकुर, डा. शेखरकुमार मण्डल र डा. मो. रिजवान अली चयन भएका हुन।
नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्दै निर्वाचन अधिकृत डा. रितेश गिरीले मोरङ शाखाले आगामी दिनमा जिल्लामा कार्यरत दन्त चिकित्सकहरूको हक–हितको संरक्षण, पेशागत सशक्तीकरण, र दन्त स्वास्थ्य सेवा प्रवर्द्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।