काठमाडौं, २४ बैशाख, २०८०
नेपाल डेन्टल एशोसिएसनको नयाँ केन्द्रीय कार्यकारिणी समितिको अध्यक्षमा डा. प्रणयरत्न शाक्य निर्विरोध निर्वाचति भएका छन्।
त्यसैगरी महासचिवमा डा. विश्व प्रकाश ठाकुर पनि निर्बिरोध निर्वाचित भएका हुन्। उपाध्यक्ष, कोषाध्यक्ष र सहसचिब पदको लागि चुनाव भएको थियो। उपाध्यक्षमा डा. रोसन कुमार चौधरी विजयी भएका छन्।
कोषाध्यक्षमा डा. विधान श्रेष्ठ विजयी भएका छन् भने सहसचिवमा डा. हरि प्रसाद ओली बिजयी भएका छन्।
त्यस्तैगरी सदस्यहरुमा डा. दीपक कुमार शर्मा, डा. विप्लव अधिकारी र डा. निरज ढ्याकु निर्विरोध निर्वाचित भएका छन्।
२ हजार १७१ मतदाता रहेको एशोसिएसनमा ९०५ जनाले मात्र मतदान गरेका थिए।