आज मिति : २०८२ जेष्ठ ४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल

Nam Raj Bhatta by Nam Raj Bhatta
February 18, 2025
in News
A A
0
नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) स्थापना, बाल क्यान्सर उपचार सुदृढ गर्न नयाँ पहल
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ६ फागुन २०८१

नेपाल चाइल्डहुड क्यान्सर एलायन्स (NCCA) को उद्धघाटनसँगै, नेपालमा चाइल्डहुड क्यान्सर उपचार सुधार गर्ने प्रयासमा एउटा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।

NCCA को आधिकारिक घोषणा स्टेकहोल्डरहरुलाई एकताबद्ध गर्ने, उपचार पहुँच सुधार गर्ने र देशभरि क्यान्सरसँग संघर्ष गरिरहेका बालबालिकाको सहयोग सुदृढ गर्ने दिशामा एक महत्वपूर्ण कदम हो। यो एलायन्सले रमेश गुप्ता मेमोरियल ट्रस्ट (RGMT), लियोनार्डो एडवर्ड श्रेष्ठ फाउन्डेशन (LESF), टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सर (TACC) र वर्ल्ड चाइल्ड क्यान्सर यूके (WCC) लाई एकत्रित गर्दै बाल क्यान्सरको उपचार, विरामी र परिवारलाई आवश्यक सहयोग तथा लामो समयसम्मको पुनःस्थापना सेवालाई मजबुत बनाउन कार्य गर्नेछ ।

NCCA को उद्धघाटन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. हरि प्रसाद मैनाली विभिन्न अस्पतालका बालरोग विशेषज्ञ चिकित्सकहरू, विश्व स्वास्थ्य संगठन (WHO), युनिसेफ (UNICEF) तथा अन्य विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर-सरकारी संस्थाहरू (NGO & INGO) को सहभागिता रहेको थियो।Nccb

एलायन्सको मुख्य उद्देश्य उपचार बाहेकका आवश्यक सहयोगहरू प्रदान गर्नु, जस्तै प्रारम्भिक पहिचान, आर्थिक तथा मानसिक सहयोग, र उपचारपछिको पुनःस्थापना कार्यक्रमहरू सुनिश्चित गर्नु हो

कार्यकमको एक विशेष प्यानल छलफलमा डा. विश्वनाथ अधिकारी (कान्ति बाल अस्पताल), डा. ऋतु लामिछाने (भक्तपुर क्यान्सर अस्पताल), डा. सुचरिता तुलाधर (पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान), डा. कृष्ण सागर शर्मा (वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल) र डा.सानी सिपाइ (कान्ति बाल अस्पताल) सहभागी थिए। छलफल डा. विश्वनाथ अधिकारीको संयोजनमा रमेश गुप्ता मेमोरियल दृष्टका (RGMT) का निर्देशक सञ्जय अग्रवालद्धारा अध्यक्षता गरिएको थियो भने WHO नेपालका डा. सुमन पन्थी सह-अध्यक्ष थिए ।

यस अवसरमा WCC नेपालका कार्यक्रम संयोजक, सम्राट रायमाझीले एलायन्सको उद्देश्यबारे जोड दिंदै भन्नुभयो, “यो पहल केवल उपचारमा सीमित छैन। बाल क्यान्सरको विरुद्ध लडिरहेका परिवारहरूलाई समग्र रूपमा सहयोग गर्नु आवश्यक छ र यही लक्ष्यसहित NCCA अघि बढ्दैछ ।

NCCA को प्रमुख कार्यक्रमहरूः

• प्रारम्भिक पहिचान र सचेतना अभियान, ताकि क्यान्सरको चाँडै नै निदान र उपचार हुन सकोस्।

बिरामी परिवारका लागि आर्थिक र मानसिक सहयोग, उपचार बाहेकका कठिनाइ कम गर्न ।

शिक्षा छात्रवृत्ति तथा बाल क्यान्सर बाँचेकाहरूको समाज, दीर्घकालीन पुनःस्थापनाका लागि ।

RGMT का अध्यक्ष रोहित गुप्ताले NCCA को महत्वलाई स्पष्ट पार्दै भन्नुभयो, “नेपालमा बाल क्यान्सरको उपचारका प्रयासहरू विखण्डित रूपमा भइरहेका थिए। यो गठबन्धनले स्रोत, विशेषज्ञता, र वकालतलाई एउटै प्रभावकारी मञ्चमा ल्याउनेछ ।

नेपालमा बाल क्यान्सर उपचारलाई आधुनिक र प्रभावकारी बनाउने उद्देश्यले सरकार, स्वास्थ्य संस्थाहरू र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहकार्य आवश्यक रहेको बताउँदै, NCCA ले सबै सरोकारवालाहरूलाई यस अभियानमा सामेल हुन आग्रह गरेको छ ।

नेपालमा १४ वर्षमुनिका बालबालिकाहरूको लागि निःशुल्क क्यान्सर उपचारको सरकारी घोषणा भएको बेला यो एलायन्सले उपचारबाहेकका चुनौतीहरू सम्बोधन गर्ने लक्ष्य राखेको छ ।

Tags: Nepal childhood cancer alienceRamesh gupta
Nisarga hospital Dhangadhi
Previous Post

महाकाली अस्पतालमा एक सय आठ वर्षीया वृद्धाको खुट्टाको सफल शल्यक्रिया

Next Post

डा. प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजको नयाँ कार्यसमिति चयन

Related articles

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल
News

डा. विशाल ज्ञवाली ४० वर्ष मुनिका उत्कृष्ट ४० क्यान्सर रोग विशेषज्ञमा पर्न सफल

15 minutes ago
777
राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन
News

राष्ट्रिय चिकित्सक संघ मधेश प्रदेशको पहिलो कार्यसमिति गठन

12 hours ago
783
ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना
News

ग्रीनल्यान्डका विद्यार्थीलाई मानसिक स्वास्थ्य सचेतना

12 hours ago
781
शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश
News

शुक्रा हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टर तेस्रो बर्षमा प्रवेश

13 hours ago
780
आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन
News

आठ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भयो नेपाल जनस्वास्थ्य सम्मेलन

23 hours ago
785
आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी
News

आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी

23 hours ago
792
Next Post
डा. प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजको नयाँ कार्यसमिति चयन

डा. प्रधानाङ्गको अध्यक्षतामा नाक, कान, घाँटी रोग विशेषज्ञ चिकित्सक समाजको नयाँ कार्यसमिति चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (124)
  • Disease (106)
  • English (47)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,025)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...