काठमाडौं, २९ श्रावण २०७८
नेपाल चिकित्सक संघको ७० बर्षको गौरवशाली इतिहासमा पहिलो पटक जेडीसी (जुनियर डक्टर कमिटी) को संयोजकत्वमा चिकित्सक संघको हलमा ऐकडेमिक एक्सीलेम्स अवार्ड आयोजना गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गरेका थिए । त्यस्तै गरी विशिष्ट अथितिहरुमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र सँगका महासचिव डा. बद्री रिजाल रहनु भएको थियो।
देश र विदेशबाट अध्ययन गरी कलेजमा उत्कृष्ट नतीजा ल्याउने सफल युवा चिकित्सकलाई सम्मानित गरिएको डा. रबिन बस्नेतले बताउनुभयो।
युवाहरु भविष्यका कर्णधार मात्र नभएर आजका सशक्त वर्तमान पनि हुन भनेर कार्यक्रमका संयोजक डा. हुलास अग्रवालले आफ्नो स्वागत मन्तव्यमा बताए ।
डा. अग्रवालले उक्त अवार्डले हामी युवा चिकित्सक लाई निराशा निराशाका बिच आशा र हौशला प्रदान गरेको बताए। उहाँले विश्वमा युवाको जनसंख्या झन्डै सय करोड़ भए पनि ३० बर्ष मुनिका केवल २.६ प्रतिसत युवा पार्लियामेन्टका सदस्यको हैसियतले पोलिसिमेकिंगमा छन । तसर्थ युवाको सहभागिता नीति निर्माणमा न्यून छ र राज्यले युवाको सहभागिता सुनिश्चित गर्नु पर्ने देखिन्छ।
डा. नेहाल अशरफले यो सुरुवात मात्र हो , यस्ता कार्यक्रम र विभिन्न युवा मैत्री कार्यक्रम जेडीसीले निरतंर संचालन गर्ने छ । डा. अशरफले NMA JDC ले लायन्स क्लब संग साझेदारी गरी लायन्स गुडविल फेलो – मेडिकल एम्बेसडर कार्यक्रम समेत संचालन गरेको छ ।
सो साझेदारीमा लायन्स क्लब अफ काठमाडौं रेडियन्सका संस्थापक अध्यक्ष डा. तेजसु सिंह मल्ल र जेडीसी का तर्फ बाट डा. हुलास अग्रवालले गरेको लायन्स रेडियन्सले जनाएको छ। उक्त फेलोशिप मार्फत लीडरशिप ट्रेनिंग, कल्चरल एक्सचेंज जस्ता कार्यक्रम अगाडि बढाउने योजना रहेको डा. तेजसुलव बताए ।
सो कार्यक्रममा पाँच जना चिकित्सक : डा. निरञ्जन केसी ,डा. निशा भट्टराई, डा. सरु कुँवर, डा. रेषभ चौरसिया र डा. सुशील रायमाझि लाई लायन्सको फेलोशिपको ट्रेनीको रूपमा पत्र दिइएको छ।

ऐकडेमिक एक्सीलेंस अवार्डका बिजेताहरु :
१. डा. दुर्गा पोख्रेल, बीडीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस एण्ड युसीएमएस कलेज अफ डेन्टल सर्जरी
२. डा. प्रकृति लामिछाने, एमबीबीएस, युनिर्भसल कलेज अफ मेडिकल साइन्सेस
३. डा. परोल खड्का, एमबीबीएस, गण्डकी मेडिकल कलेज
४. डा. सुवास कार्की, एमबीबीएस नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
५. डा. संस्कृति प्रधान, बीडीएस, नेपाल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल
६. डा. मरिषा श्रेष्ठ, एमबीबीएस, कलेज अफ मेडिसिन, मनिला सेन्ट्रल युनिभर्सिटी
७. डा. शिला अवल, एमबीबीएस, नेप्लिज आर्मी इन्स्टीच्युट अफ हेल्थ साइन्सेस कलेज अफ मेडिसिन
८. डा. माधव पौडेल, एमबीबीएस, नोबेल मेडिकल कलेज
९. डा. आर्शिवाद आचार्य, एमबीबीएस, किष्ट मेडिकल कलेज
१०. डा. नेहा कर्ण, एमबीबीएस, विराट मेडिकल कलेज
११. डा. निशा भट्टराई, एमबीबीएस, लुम्बिनी मेडिकल कलेज
१२. डा. सुरज अधिकारी, एमबीबीएस, मणिपाल कलेज अफ मेडिकल साइन्सेस
१३. डा. दिक्षान्त सिटौला, एमबीबीएस, चितवन मेडिकल कलेज
१४. डा. अमन मिश्र, एमबीबीएस, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
१५. डा. सन्तोष रिमाल, बीडीएस, चितवन मेडिकल कलेज
१६. डा. व्रिष्टि आचार्य, बीडीस, ढाका डेन्टल कलेज एण्ड हस्पिटल
१७. डा. दिपशिखा कुमारी शाह, नर्थ बेंगल मेडिकल कलेज
१८. डा. प्रियंका ढकाल, बीडीएस, कलेज अफ मेडिकल साइन्सेस
१९. सुमन न्यौपाने, काठमाडौं युनिभर्सिटी
२०. डा. सुशान्त पाण्डे, बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
२१. डा. हिमाल दहाल ,बीडीएस ,नोबेल मेडिकल कलेज
कार्यक्रममा नेपाल चिकित्सक संघका भूतपूर्व अध्यक्ष डा. चोपलाल भुसाल, डा. मुक्ति राम श्रेष्ठ, नेपाल डेन्टल एसोसिएसन संघका उपाध्यक्ष डा. अजय साह र डेन्टल एसोसिएसनकै सदस्य डा. हरि प्रसाद ओली लगायतका विभिन्न चिकित्सकहरुको समेत उपस्तिथि थियो ।
उक्त दिवसको सोही अबसरमा नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा नेपाल चिकित्सक संघ चितवन शाखाका उपाध्यक्ष श्री डा. गुरु सरण साहद्वारा अक्षरुपी रु. १,००,००० नेपाल चिकित्सक संघलाई सहयोग गर्नु भएको थियो।