ललितपुर, १३ जेठ, २०८०
ललितपुरको हरिसिद्धि स्थित नेपाल क्यान्सर हस्पटिल एण्ड रिसिर्च सेन्टरले आफ्नो स्थापनाको ६ वर्ष पुरा गरेको अवसरमा वाकाथन पदयात्रा गरेको छ।
ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको पैदलयात्रा पाटनको मंगलबजार, गावहाल, पुल्चोक हुँदै जावलाखेलमा गएर समापन गरिएको थियो। यात्रामा नेपाल क्यान्सर हस्पिटलका कर्मचारीहरु, संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु र हस्पिटलका शुभचिन्तकहरु सहभागी थिए।
“नेपालीको क्यान्सरको उपचार नेपालमा नै” भन्ने नाराका साथ सात वर्ष अघि स्थापना भएको यस अस्पतालले क्यान्सरका बरिामीहरुलाई अन्तर्राष्ट्रिय उपचारात्मक सेवा दिँदै आएको छ।
नेपाल क्यान्सर अस्पताल क्यान्सरका सबै उपचारहरु एकै छानामुनी उपलब्ध गराउने नेपालकै पहलिो क्यान्सरमुखी सेवाग्राही अस्पताल हो।