काठमाडौं, ८ जेठ २०७९
नेपाल अर्बुद रोग निवारण केन्द्रका महासचिव बिमल कुमार होडा नेपाली कांग्रेस बाट काठमाडौं महानगरपालिका वडा नं ७ को अध्यक्षमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार कृष्णमणी भट्टराईलाई ५१ मतको मतान्तरले बिजयी भएका छन्। होडाले ८६७ मत पाए भने भट्टराईले ८१६ मत पाएका थिए । ७ नम्बर वडामा कांग्रेसको प्यानल सहित विजयी भएको छ।
वडा सदस्यहरुमा उज्वल अर्याल, सुरेश शाही, रुपा थापा क्षेत्री र कल्पना सुन्दास निर्वाचित भएका छन्।
होडा रोटरी क्लब अफ बागमतीका पूर्व अध्यक्ष, नेपाल जेसीज काठमाडौंका पूर्व अध्यक्ष, लायन्स क्लब अफ काठमाडौंका पूर्व अध्यक्ष र नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ।
उहाँले भक्तपुर क्यान्सर अस्पतालको स्थापना तथा विकास कार्यमा ठूलो योग्दान पुर्याउदै आइरहनु भएको छ।
नेपालमा क्यान्सर रोगको उपचार तथा रोकथाम क्रियाकलापमा लामो समयसम्म जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहनु भएको छ।
वडा अध्यक्षमा निर्वाचित भएपछि होडाले वडामा अन्य बिकास निर्माणका साथसाथै स्वास्थ्य तथा क्यान्सरको क्षेत्रमा विशेष पहल कदम चाल्ने बताउनुभयो।