नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । यो सँगै अब नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका एक जना पुरुषमा कोरोना पोजेटिभ देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले जानकारी दिए ।
उनले भने, आज एक जनामा कोरोना पोजेटिभ देखियो उहाँको डिटेल लिंदैछौं । उनी केही दिनअघि मात्र खाडी मुलुकबाट आएको बताइएको छ ।
NEWSFLASH । नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गरिँदै।
— . (@ourktv) March 25, 2020
Also check stats from Worldometer Corona.