काठमाडौं चैत्र १५
कोभिड – १९को बिश्वब्यापी महामारीले नेपालमा भएको लकडाउनका कारण स्थानिय निकायहरु बन्दप्राय छन् । जसका कारण बिपन्नता भएका कडा रोगका बिरामीहरुले सिफारिस प्राप्त गर्न सकेका छैनन । तर लकडाउनको बेला पनि बिपन्न नागरिकलाई नेसनल ट्रमा सेन्टरले सिफारिस बिनै रु. एक लाखको निशुल्क सेवा प्रदान गर्दै आएको छ ।
मुलुकको यो संकटपुर्ण विषम परिस्थितिमा अस्पतालको व्यावसायिकता र नागरिकप्रतिको दायित्व सम्झेर राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक एकाईले स्थानीय निकायहरु बन्द भएको समयमा बिना सिफारिस १ लाख बराबरको निशुल्क सेवा प्रदान गर्दै आएको छ भन्छन् सामाजिक सेवा एकाई प्रमुख अर्जुन प्रसाद भेटुवाल ।
राष्ट्रिय ट्र्मा सेन्टर सामाजिक एकाइले बिपन्नता भएका स्पाइन इन्जुरी ,हेड इन्जूरी र बोन क्यान्सरका बिरामीलाई चिकित्सकको सिफारिसमा निशुल्क उपचारको ब्यबस्था मिलाएको ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिएका छ्न। निर्देशकको रुपमा जिम्मेवारी पाउनसाथ गरेको घोषणालाई कार्यान्वयन गर्दै हाल सम्म १७ जना बिपन्न नागरिकलाई निशुल्क इम्प्लान्टको ब्यवस्था समेत गरिएको छ ।
कर्मचारीहरुको स्वास्थ्य उपचारमा हुने खर्चको भार कटौती गरेर सो रकमले बिपन्न नागरिक को निशुल्क स्वास्थ्य उपचार गर्न ट्रमा सेन्टरले आफ्ना करीब ४ सय कर्मचारीहरु र हरेकका ५ जना आस्रित सदस्य सहित करीब २ हजार जनाको एक लाख बराबरको स्वास्थ्य बिमा गराएको छ। अब देखि कर्मचारी को उपचारमा भएको खर्च बिमाको माध्यमबाट ट्रमा सेन्टर लाई नेपाल सरकारले सोधभर्ना गर्ने छ
।अरु अस्पतालले पनि यसरी बिपन्न नागरिकहरुलाई १ लाखको निशुल्क सेवा सर्बाधिक उपभोग गर्ने बाताबरण तयार गर्न ट्रमा सेन्टरको यो कार्य नमुना बन्न सक्छ । ट्रमा सेन्टरले माइकिङको माध्यमबाट त्यस्ता गरिबी बिरामीलाई घण्टा घण्टामा सूचनाहरु प्रवाह गरि राखेको ट्रमा सेन्टरका सुचना अधिकारी अर्जुन प्रसाद भेटुवालले बताए। लकडाउनको दिन देखि आज सम्म करिब ३२० जना बिरामिले ट्रमाको सेवा प्राप्त गरिसकेका छन् ।
Comments 1