काठमाडौं, २८ साउन २०८१
स्वास्थ्यमन्त्री प्रदिप पौडेलले राष्ट्रिय स्तरका खेलाडीहरुको लागि वार्षिक रुपमा नि: शुल्क स्वास्थ्य परीक्षण गरिने बताएका छन्।
आईतबार स्वास्थ्य मन्त्रालयमा कार्ययोजना र प्राथमिकताका विषय सार्वजनिक गर्दै मन्त्री पौडेलले शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा खेलाडीहरुको वार्षिक रुपमा निशुल्क स्वास्थ्य परीक्षण गरिने बताएका हुन्।
त्यस्तैगरी मन्त्री पौडेलले अस्पतालमा सुनौला हजार दिन कार्यक्रमलाई थप प्रभावकारी बनाइने, काठमाडौंमा प्रदुषण घटाइने तथा शहरी स्वास्थ्य प्रणालीमा सुधार गरिने जानकारी दिएका छन्।