आज मिति : २०८२ पुष २९
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
August 1, 2025
in News
A A
0
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, १६ साउन २०८२

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल आज  (शुक्रबार) देखि पुनः सञ्चालनमा आएको छ ।

घट्टेकुलो स्थित रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पुनः सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गरेको छ । यो सेवा अको सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ ।

अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ।

त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरूलाई थप सुविधा दिइनेछ।

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन गरेको हो।

कलेजका अध्यक्ष बसुरु‌द्दिन अन्सारीले उ‌द्घाटन पछि केही समय स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई पुनः सञ्चालन गर्न पाउनु अत्यन्तै महत्वपूर्ण, हर्षको र ऐतिहासिक दिन रहेको बताउनु भयो।

यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उ‌द्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो। स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु कर्तव्य मात्र नभएर प्रतिबद्धता पनि भएको अन्सारीले बताए ।

यसै सन्दर्भमा अस्पताल पुनः संचालनको प्रारम्भिक चरणमा सबैका लागि निःशुल्क तथा छुटमा सेवा सुरु गरिएको बताउँदै अन्सारीले विगतमा सञ्चालन गरेका नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल अनुभवको सन्दर्भमा यो अस्पताललाई अझ मजबुत, प्रभावकारी र समाजोपयोगी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहागिर अन्सारीले काठमाडौं शहरको केन्द्रमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमार्फत नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध रहेको बताए ।

अन्सारीले भने ‘ हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ, अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत हामी आम नागरिकप्रति आफ्‌नो उत्तरदायित्व र प्रतिब‌द्धता प्रस्तुत गर्न चाहन्छौं। हाम्रो उ‌द्देश्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान दिनु हो। यसै सन्दर्भमा, हामी सबै सेवाहरूलाई सहज, गुणस्तरीय र जनमुखी बनाउने दिशामा काम गरिरहेका छौं। ’

अस्पतालका व्यवस्थापक दिलिप साहले भने ‘ हामी यस पुनः सञ्चालनलाई नागरिकहरुको विश्वास जित्ने, उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएका छौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनको अवसरमा, हामीले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेका छौं। यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइनेछ।’

यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइने जारी विज्ञप्तिमा जनाइएको छ । साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरुलाई थप सुविधा दिने विश्वास गरिएको छ ।

Tags: Kathmandu National Medical College
Previous Post

कागेश्वरी मनोहराका मेयरले एकैदिन सञ्चालनमा ल्याए तीन वटा अत्याधुनिक ल्याब

Next Post

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Related articles

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत
News

राष्ट्रिय एचआइभी कार्यक्रमको वार्षिक समीक्षा गोष्ठिमा सात जना पुरुस्कृत

7 hours ago
1.6k
नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव
News

नेपाल चिकित्सक संघ जनकपुर शाखाको अध्यक्षमा डा. रामज्ञान यादव

2 days ago
1.7k
पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित
News

पर्वतको प्रदेश अस्पतालको निशुल्क आँखा शिविरबाट ५७४ जना लाभान्वित

4 days ago
1.6k
नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त
News

नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा मुना राना नियुक्त

4 days ago
1.6k
उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला
News

उच्च अदालतले नेपाल औषधि उत्पादक संघ र नेपाल औषधि आयातकर्ता संघ पक्षमा फैसला

4 days ago
1.6k
स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
News

स्वास्थ्य बीमा सुधारका सम्बन्धमा राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न

4 days ago
1.6k
Next Post
नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

नेपाल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताह सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (130)
  • Disease (106)
  • English (49)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,398)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...