Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा

Nam Raj Bhatta by Nam Raj Bhatta
August 1, 2025
in News
Reading Time: 1 min read
A A
0
काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनमा
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १६ साउन २०८२

काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल आज  (शुक्रबार) देखि पुनः सञ्चालनमा आएको छ ।

घट्टेकुलो स्थित रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले पुनः सञ्चालनको अवसरमा प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गरेको छ । यो सेवा अको सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइने जनाइएको छ ।

अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। विशेषज्ञ सेवा अन्तर्गत जेनेरल मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी, बाल रोग, मानसिक स्वास्थ्य, छाला तथा यौन रोग, सौन्दर्य उपचार, नाक-कान-घाँटी, आँखा, नसा, मुटु, किड्नी, मूत्र र छाती रोगसम्बन्धी सम्पूर्ण सेवा पूर्णतः निःशुल्क उपलब्ध हुनेछ।Medical ghattekuli

त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइनेछ। साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरूलाई थप सुविधा दिइनेछ।

यसअघि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेज सञ्चालनको सफल अनुभव रहेको टिमले नै काठमाडौं नेशनल मेडिकल कलेजको सञ्चालन गरेको हो।

कलेजका अध्यक्ष बसुरु‌द्दिन अन्सारीले उ‌द्घाटन पछि केही समय स्थगनमा रहेको काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताललाई पुनः सञ्चालन गर्न पाउनु अत्यन्तै महत्वपूर्ण, हर्षको र ऐतिहासिक दिन रहेको बताउनु भयो।received 24524640407172331

यो अस्पताल पुनः सञ्चालनमा ल्याउनुको मूल उ‌द्देश्य भनेकै मेडिकल शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवालाई पुनः सशक्त बनाउनु हो। स्वास्थ्य उपचार आजको समाजको आधारभूत आवश्यकता हो। जनतालाई सुलभ, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउनु कर्तव्य मात्र नभएर प्रतिबद्धता पनि भएको अन्सारीले बताए ।

यसै सन्दर्भमा अस्पताल पुनः संचालनको प्रारम्भिक चरणमा सबैका लागि निःशुल्क तथा छुटमा सेवा सुरु गरिएको बताउँदै अन्सारीले विगतमा सञ्चालन गरेका नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सफल अनुभवको सन्दर्भमा यो अस्पताललाई अझ मजबुत, प्रभावकारी र समाजोपयोगी बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जहागिर अन्सारीले काठमाडौं शहरको केन्द्रमा अवस्थित काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमार्फत नागरिकहरूलाई गुणस्तरीय, सुलभ र सस्तो स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यमा प्रतिबद्ध रहेको बताए ।

अन्सारीले भने ‘ हामी समुदायप्रति उत्तरदायी रहन चाहन्छौं। यही भावनाका साथ, अस्पताल पुनः सञ्चालनको अवसरमा हामीले निःशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेका छौं, जसमार्फत हामी आम नागरिकप्रति आफ्‌नो उत्तरदायित्व र प्रतिब‌द्धता प्रस्तुत गर्न चाहन्छौं। हाम्रो उ‌द्देश्य मात्र अस्पताल सञ्चालन गर्नु होइन, स्वास्थ्य र शिक्षा दुबै क्षेत्रमा दीर्घकालीन योगदान दिनु हो। यसै सन्दर्भमा, हामी सबै सेवाहरूलाई सहज, गुणस्तरीय र जनमुखी बनाउने दिशामा काम गरिरहेका छौं। ’

अस्पतालका व्यवस्थापक दिलिप साहले भने ‘ हामी यस पुनः सञ्चालनलाई नागरिकहरुको विश्वास जित्ने, उनीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने र स्वास्थ्य तथा स्वास्थ्य शिक्षा क्षेत्रमा हाम्रो उत्तरदायित्व पुरा गर्ने अवसरका रुपमा लिएका छौं । काठमाडौं नेशनल मेडिकल कलेज शिक्षण अस्पताल पुनः सञ्चालनको अवसरमा, हामीले सर्वसाधारणलाई लक्षित गर्दै प्रारम्भिक चरणमा निःशुल्क ओपीडी सेवा प्रदान गर्ने निर्णय गरेका छौं। यो सेवा अर्को सूचना जारी नहुँदासम्म निरन्तर निःशुल्क रूपमा उपलब्ध गराइनेछ।’

यसका अतिरिक्त, अस्पतालका अन्य सेवा क्षेत्रमा पनि प्रारम्भिक रूपमा विशेष छुटको व्यवस्था गरिएको छ। त्यसैगरी, आपतकालीन सेवा २४ सैं घण्टा सञ्चालनमा रहनेछ भने एम्बुलेन्स, प्रयोगशाला, अल्ट्रासाउण्ड, एक्स-रे र फिजियोथेरापी सेवामा पनि छुट दिइने जारी विज्ञप्तिमा जनाइएको छ । साथै, अस्पताल परिसरमै फार्मेसी सेवा पनि उपलब्ध गराइएको छ, जसले बिरामीहरुलाई थप सुविधा दिने विश्वास गरिएको छ ।

Tags: Kathmandu National Medical College
SummarizeShare234ScanTweet147

Related articles

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम

by Nam Raj Bhatta
June 23, 2026
0

अन्तर्राष्ट्रिय योग दिवस (विश्व योग दिवस २०२६) को अवसरमा आइतबार देखि नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा "Yoga for Healthy Ageing" (स्वस्थ बुढ्यौलीका...

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित

by Nam Raj Bhatta
June 22, 2026
0

काठमाडौंको धुम्बराहीस्थित रहेकोे ह्याम्स अस्पतालका अध्यक्ष रामशरण भण्डारी 'कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड' बाट सम्मानित भएका छन्। कर्पोरेट बिजनेस म्यागजिनको आयोजनामा सम्पन्न ‘१८औं कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड २०२६’...

विषाक्त रसायन भएका ह्याण्ड स्यानिटाइजर बजारमा विक्री वितरण गर्न रोक

नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द

by Nam Raj Bhatta
June 18, 2026
0

मकवानपुर जिल्लाका ४० वटा औषधि पसलहरु बन्द गरिएको छ । समयमै नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । बन्द हुनेमा फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरु...

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

१० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति

by Nam Raj Bhatta
June 18, 2026
0

निजी अस्पतालहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले अस्पतालमा १० प्रतिशत शैया विपन्न बिरामीहरुका लागि निःशुल्क छुट्याउनुपर्ने सरकारी निर्देशिकाको भाषा अस्पष्ट र व्यवहारिक...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    818 shares
    Share 327 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    685 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वस्थ बुढ्यौलीका लागि योग विश्व योग दिवसको अवसरमा काठमाडौं उपत्यकामा सप्ताहव्यापी कार्यक्रम
  • ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारी ‘कर्पोरेट हेल्थ इन्ट्युसन अवार्ड’ बाट सम्मानित
  • नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
  • १० प्रतिशत निःशुल्क शय्या निर्देशिकाप्रति अफिनको आपत्ति
  • चिकित्सा शिक्षा आयोगमा सबै तहको निःशुल्क छात्रवृत्तिका लागि कार्यविधि जारी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.