चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले न्याम्सको डिनमा डा. विकास विक्रम अधिकारी, रेक्टरमा डा. रविराम श्रेष्ठ र रजिस्ट्रारमा डा. ममता भट्टराई कोइरालालाई नियुक्त गरेकी हुन।
डिनमा नियुक्त हुन लागेका डा. अधिकारी रेडियोलोजिस्ट हुन्। त्यस्तै, रेक्टरमा नियुक्त हुन लागेका डा. श्रेष्ठ एनेस्थेसियोलोजिस्ट तथा रजिस्ट्रारमा नियुक्त हुन लागेकी डा. भट्टराई रेडियोलोजिस्ट हुन्।
न्याम्सको उपकुलपतिमा भने यसअघि नै डा. विवेक आचार्य नियुक्त भइसकेका छन्।






