आज मिति : २०८२ जेष्ठ १
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

मुलपानी नगर अस्पतालमा ३ करोडको लगानीमा अक्सिजन प्लान्ट जडान

Nam Raj Bhatta by Nam Raj Bhatta
March 22, 2022
in News
A A
0
मुलपानी नगर अस्पतालमा ३ करोडको लगानीमा अक्सिजन प्लान्ट जडान
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, ०८ चैत २०७८

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा ३ करोड लगानीमा अक्सिजन प्लान्ट जडान भएको छ ।

गत बैशाख ३० गते सम्पन्न ६९ औं नगरकार्यपालिकाको आकस्मीक बैठकले नगर अस्पतालको लागि अक्सिजन प्लान्ट गरिद गर्न ३ करोड छुट्याउने र खरिद प्रकृया अगाडि बढाउने निर्णय गरेको थियो ।

अस्पतालमा ६ बेडकाे आइसीयु कक्ष (जसमा २ बेडको भेन्टिलेटर रहने) २ बेडकाे भेन्टिलेटर र ५० प्वाईन्टकाे पाईप लाईन सहितकाे अक्सिजन प्लान्ट करिब ३ कराेडकाे लगानीमा सम्पन्न भएको कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख कृष्णहरी थापाले जानकारी दिनुभयो।

अस्पतालमा २ वेडको पोष्ट अपरेसन, २ वेडको प्रिअपरेसन वार्ड संचालनको तयारीमा रहेको छ ।

अक्सिजन प्लान्टको काम लगभग सकिएको र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिइरहेकाले केहि दिनमै संचालन हुने नगरपालिकाकी स्वास्थ्य प्रमुख लक्ष्मी कोइरालाले जानकारी दिइन् । आगामी बैशाखबाटै अस्पताल पुर्ण क्षमतामा संचालन हुने गरी काम तीब्र रुपमा भैरहेको स्वास्थ्य प्रमुख कोइरालाको भनाइ छ । उनकाअनुसार आवश्यक स्वास्थ्यकर्मी, बिशेषज्ञ चिकित्सक र कर्मचारी दरबन्दी खुलाउने प्रक्रियामा रहेको छ ।

सार्वजनिक विदाका दिन २४ घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको अस्पतालमा २ वटा ओपिडी सेवा, ल्याव, एक्सरे तथा भिडियो एक्सरे, अर्थोपेडिक, छाला तथा चर्मरोग, मनोरोग बिशेषज्ञ सेवा, इएन्टी सेवा, नेपाल नेत्रज्योती संघ त्रिपुरेश्वरसँग समन्वय गरी आँखा उपचार केन्द्र संचालन गर्दै आएको अस्पताल ब्यबस्थापक सन्तोष तिमिल्सिनाले जानकारी दिए । यसका साथै चौबीसै घण्टा प्रसुती सेवा, एम्बुलेन्स सेवा, परिवार नियोजन सेवा प्रदान गर्दै आइरहेको ब्यबस्थापक तिमिल्सिनाले बताए ।

नगरपालिकाको प्रमुख खोप केन्द्रको रुपमा रहेको नगर अस्पतालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण सुरु भएदेखि नै कोरोनाको निशुल्क परिक्षण भैरहेको छ । ब्यबस्थापक तिमिल्सिनाका अनुसार कोरोना संक्रमण सुरु भएदेखि करिब ३ हजार जनालाई क्वारेन्टाइनमा राखिएको छ भने २ सयभन्दा बढी कोरोना संक्रमितको उपचार, फिवर क्लिनिक(ज्वरो जाँच गर्ने) मार्फत ३ हजारभन्दा बढी कोरोना संक्रमितको उपचार गरिएको छ । यसैगरी २ सयभन्दा बढी बिरामीलाई बिभिन्न संघसंस्थासँग समन्वय गरी आइसोलेसन किट उपलब्ध गराउनुका साथै नियमित खोप सेवा प्रदान गरिंदै आएको तिमिल्सिनाले बताए।

यस्तै अस्पतालमा कोरोना महामारीका समयमा २५ वटा अक्सिजनसहितका शैंया र ५० वटा आईसोलेसन शैया संचालनमा थिए । कोरोना संक्रमित बोक्ने एउटा छुट्टै एम्बुलेन्सको व्यवस्था गरिएको थियो ।

अपरेसन थियटर बन्ने क्रममा वा योजनामा रहेको छ भने बिरामीको चाप बढ्दै गएकाले थप १० वेडको इमर्जेन्सी कक्ष बन्दै गरेको छ । उक्त इमर्जेन्सी कक्ष २ महिनाभित्र सम्पन्न हुने ब्यबस्थापक तिमिल्सिनाले जानकारी दिए।

Tags: Corona Virus #Covid19Krishna Hari thapaLaxmi koieralaMulpani Nagar hospitalSantosh Timilsena
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल डेन्टल एसोसिएसन द्वारा मुख स्वास्थ्य दिवस देशभरि मनाइयो

Next Post

वीर अस्पतालले दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने

Related articles

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
News

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

14 hours ago
930
नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत
News

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

2 days ago
790
डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस
News

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

2 days ago
803
डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक
News

डीएम, एमसीएच गरेका आठ चिकित्सकको टोलीले खोल्यो मध्यबानेश्वरमा किड्स क्लिनिक

2 days ago
2.1k
धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु
News

धादिङ अस्पतालमा बीमा फार्मेसी काउन्टर शुरु

3 days ago
801
गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
News

गण्डकी प्रदेशमा म्याग्दी पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

3 days ago
795
Next Post
वीर अस्पतालले दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने

वीर अस्पतालले दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Janai khatira - Herpes Zoster
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (123)
  • Disease (106)
  • English (46)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,016)
  • Nutrition (42)
  • Research & Study (63)
  • Weight Loss (25)

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2024 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.