प्रा. डा. नारायणप्रसाद पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी दिइएको छ।
यसअघि डा. पौडेलले विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि पौडललाई दैनिक कार्य सञ्चालन गर्न उपकुलपतिको जिम्मेवारी तोकेको हो ।
यस्तै सरकारले अध्यादेश ल्याएपछि रिक्त रहेको विश्वविद्यालयहरुको उपकुलपतिमा क्रमश त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्राडा. सुशील बहादुर बज्राचार्यलाई र काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा प्राडा. ऋषिकेश वाग्लेलाई जिम्मेवारी तोकेको छ।






