Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त

Nam Raj Bhatta by Nam Raj Bhatta
January 6, 2026
in News
Reading Time: 2 mins read
A A
0
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्त
597
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

कैलाली, २२ पुस २०८२

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. सुनिलकुमार जोशी र रजिष्ट्रारमा डा. खेमराज जोशी नियुक्त भएका छन् ।

मंगलबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनको अध्यक्षतामा बसेको सिनेट बैठकले प्रा.डा. जोशीलाई उपकुलपति र डा. जोशीलाई रजिष्ट्रार नियुक्त गरेको सिनेट सदस्य वीरेन्द्र भट्टले जानकारी दिनुभयो।

उपकुलपतिमा नियुक्त डा. जोशी काठमाडौं मेडिकल कलेजका कम्युनिटी मेडिसिनका प्राध्यापक हुन् । डा. जोशीले विभिन्न विश्वविद्यालयहरुमा भिजिटिङ प्रोफेसरका रुपमा समेत काम गर्दै आएका छन् । डा. जोशीसँग लामो अनुसन्धानको अनुभव समेत छ । डा. जोशीका अनुसन्धानहरु विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।

उपकुलपति एवंम रजिष्ट्रार छनोट तथा सिफारिस समितिले उपकुपतिका लागि तीन पटक आवेदन खुला गरेको थियो । कात्तिक १६ र ३० गते दरखास्त आह्वान गर्दा दरखास्त नपरेपछि समितिले २८ मंसिरभित्र आवेदन पेस गर्न २३ मंसिरमा ५ दिनको म्याद दिएर तेस्रो पटक सूचना जारी गरेको थियो ।

शिक्षामन्त्री महावीर पुनले समेत उपकुलपति बन्न चाहने व्यक्ति सम्पर्कमा आउन सामाजिक सञ्जालबाट आह्वान गरेका थिए ।तेस्रो पटक आह्वान गर्दा उपकुलपतिमा दुई जनाको  दरखास्त परेको सिफारिस समितिका एक सदस्यले जानकारी दिए ।

त्यस्तैगरी, रजिष्ट्रारका लागि भने १० जनाको आवेदन परेको थियो । संघीय संसद् बाट पारित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, ४ असार २०८२ मा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए। त्यसपछि उपकुलपति, रजिस्ट्रारलगायत पदाधिकारी नियुक्तिको प्रक्रिया थालिएको थियो। आगामी दिनमा विश्वविद्यालयसम्बन्धी बैठकहरू गेटास्थित विश्वविद्यालय परिसरमै सञ्चालन गरिने सिनेट सदस्य भट्टले जानकारी दिए ।

Tags: sahid Dasharathchand health acedemy
SummarizeShare239ScanTweet149

Related articles

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन

by Nam Raj Bhatta
July 13, 2026
0

नेपालमा पछिल्लो समय काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लामा बर्ड फ्लु (Highly Pathogenic Avian Influenza–H5N1) को संक्रमण पुष्टि भएपछि पशु स्वास्थ्य, जनस्वास्थ्य तथा पोल्ट्री उद्योगको सुरक्षालाई मध्यनजर गर्दै नेपाल...

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी

by Nam Raj Bhatta
July 12, 2026
0

भक्तपुरको ताथलीमा रहेको काठमाडौं क्यान्सर सेन्टरले नेपालमा पहिलो पटक 'कार टी सेल' थेरापी सुरु गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलन मार्फत सेन्टरले क्यान्सर उपचारका लागि अत्याधुनिक सेवा प्रारम्भ...

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित

by Nam Raj Bhatta
July 12, 2026
0

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरका मेडिकल डाइरेक्टर एवं वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारी ‘सोसाइटी अफ सर्जन्स अफ नेपाल (SSN)’ को सुदूरपश्चिम च्याप्टरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित...

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती

by Nam Raj Bhatta
July 11, 2026
0

क्विष्ट फर्मास्यूटिकल्सले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती भव्यताका साथ मनाएको छ।  औषधि उद्योगलाई आत्मनिर्भर, प्रतिस्पर्धी र निर्यातमुखी बनाउन स्पष्ट सरकारी नीति, उद्योगमैत्री वातावरण तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.