काठमाडौं , १९ असार
कोभिड -१९ र मानसिक स्वास्थ्यका सन्दर्भमा स्वास्थ्य सेवा बिभागका महानिर्देशक डा.दीपेन्द्र रमण सिंहको अध्यक्षता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोसन पोखरेलज्यूको प्रमुख आतिथ्यता तथा बिभागका निर्देशकहरु , मानसिक अस्पतालका निर्देशक, मानसिक स्वास्थ्य क्षेत्रमा विज्ञ तथा कृयाशिल संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्तिथिमा एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।
कोभिड १९ बिश्वब्यापी महामारीको यस अवस्थमा बहुआयामिक असरको परिणाम स्वरुप मनोसमाजिक तथा मानसिक स्वास्थ्यमा परेको असर , आत्माहत्याका घटनामा आएका वृद्धिका साथै यसका दीर्घकालीन प्रभावका बारेमा र त्यसलाई सम्बोधन गर्न महाशाखाको समन्वयमा सरकारी तथा गैर-सरकारी क्षेत्रमा भइरहेका प्रयासहरु अगामी कार्ययोजनाका बारेमा महाशाखा अन्तर्गत नसर्ने रोग र मानसिक स्वास्थ्यका प्रमुख डा. फणीन्द्र प्रसाद बरालले प्रस्तुतिकरण गर्नु भएको थियो। यसै सन्दर्भमा प्रतिनिधि सभा महिला तथा सामाजिक समितिको असार १६ बसेको बैठकले बन्दाबन्दी, आत्महत्या र रोकथामका लागि भएका प्रयासहरु सम्बन्धमा गरेका निर्देशनको कार्यान्वयनका बारेमा पनि छलफल गरेको छ।
सरकारी तथा गैर-सरकारीले गरिरहेका कार्यक्रमहरुलाई अझ सशक्त र प्रभावकारी बनाउदै लैजाने र आम समुदाय , क्वारेन्टाइन , आइसोलेशनमा रहेका व्यक्तिहरुको मनोसमाजिक र मानसिक स्वास्थ्यको समस्या रोकथाम र समयमै पहिचान तथा उचित व्यवस्थापन गर्ने निर्णय गरेको छ । रोकथाम गर्न सक्ने बिषय भएर पनि ब्यक्तिको ज्यान लिने दिगो बिकासको महत्त्वपूर्ण लक्ष्य रहेको र यस महामारीको अवस्था बढ्दै गइरहेको आत्महत्याको रोकथाम तथा न्यूनीकरणका लागि मानसिक अस्पताल लगनखेलले हटलाईन सेवा निशुल्कको तयारी र प्रक्रिया सुरुवात गर्ने सामुदायिक मानसिक स्वास्थ्य समस्यालाई थप प्रभावकारी बनाउने टेलि मानसिक स्वास्थ्य सेवा पनि संचालन गर्ने निर्णय गरेको छ।
आधारभूत मानसिक स्वास्थ्य सेवाको सुनिश्चितताका लागि संघीय सरकारले प्रदेश बिनियोजित शशर्ततर्फको न्यून हुन आउने भएकोले थप बजेटको निर्णय गरेको छ। स्वास्थ्य संस्था पूनसंरचनाका शिलसिलामा आधारभुत मानसिक स्वास्थ्य सेवा समुदायस्तरमा र उपचारात्मक मानसिक स्वास्थ्य सेवाको प्राथमिक अस्पताल देखि नै सुनिश्चितता हुने , बिशिष्ठिकृत मानसिक स्वास्थ्य सेवा संघीय अस्पताल ,प्रदेशमा रहि संघ अन्तर्गत संचालन हुने तेस्रो तहका अस्पताल र स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मानसिक स्वास्थ्य विशेषज्ञ ,चिकित्सा मनोबिद् , अकुपेशनल थेरापिष्ट , सामाजिक कार्याकर्ता समेत रहने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न शिफारिस गर्ने निर्णय गरेको छ।
Comments 1