काठमाडौं, ०६ जेठ २०८२
लगनखेलस्थित मानसिक अस्पतालको निर्देशकमा डा. सुरज तिवारी नियुक्त भएका छन् ।
बिहीबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै डा. तिवारीलाई मानसिक अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन् ।
मंगलबार नवनियुक्त डा. तिवारीले अस्पतालमा पदभार ग्रहण गरेका छन् । डा. तिवारी यसअघि अस्पतालमा प्रमुख कन्सल्ट्यान्ट मनोचिकित्सकका रुपमा कार्यरत थिए ।
यसअघि मानसिक अस्पतालको निर्देशक डा. अनन्त अधिकारी थिए । डा. अधिकारीले झण्डै साढे तीन वर्ष अस्पतालको निर्देशक पद सम्हालेका थिए।