सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम

 सिन्धुपाल्चोक , १४ असार

 

सिन्धुपाल्चोक चौ.सा.गढी नगरपालिका १२ , साँगाचोक सि.पा. स्थित मनोसामाजिक समस्या भएका सेवाग्राहीहरुलाई मनोचिकित्सक डा.कंचन दाहालको पहलमा एकदिने फलोअफ कार्यक्रममा १८ जनालाई परामर्श दिइएको छ। बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा जिभी हेल्थको प्राबिधिक औषधिजन्य सहयोग र कमलको फूल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको छ।सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम

मनोसामाजिक स्वास्थ्य र गम्भीर किसिमका मानसिक रोगीहरुले लकडाउनको कारणले काठमाडौं आउन नपाउदा अफ्ठ्यारोमा परेका बेला उक्त कार्यक्रममा परामर्श गरेको डा.दाहालले बताए। डिप्रेसनका कारण आत्म हत्या गर्नेको संख्या लक्डाउन यता ह्वात्तै बढेको छ। प्राय: उदासीपन बढीरहेका , धेरै लामो समयसम्म औषधि सेवन गरिरहेकाहरुलाई परामर्श दिइएको थियो। लकडाउनका कारण बिशेष गरि आत्माहत्याका प्रयास , आत्तिने , डराउने जस्ता लक्षणहरु बढी देखिएका थिए।सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम

डा.दाहालले भने अगामी दिनमा मानसिक सम्बन्धिका कार्यक्रम राख्न जरुरी देखिन्छ। अहिलेको अवस्थामा कोभिडले भन्दा आत्महत्याको कारणले बढी मृत्यु भएको छ। बिशेष गरेर आर्थिक , सामाजिक , घरमा बस्दा बस्दै तनाबले बढी आत्महत्या गरेका छ्न । आत्महत्याको प्रयास पनि धेरै भएको छ।सिन्धुपाल्चोकमा मनोसामाजिक समस्या भएकाहरुलाई मनोचिकित्सकद्वारा फलोअप कार्यक्रम

लकडाउनमा समस्याहरु पर्दा गाडी नचलेर हिडेर जान बाध्य भएका छ्न। आज लकडाउनको कारण ठुलो कार्यक्रम गर्न नसकेपनी अर्को कार्यक्रममा वडा वडाका सबै जनाले यस्ता समस्या देखिएकाको पहिचान गरेर अगाडि बढाउने उत्सुकता देखाउनु भयो। यस्तो लकडाउनको अवस्थामा स्थानीय सरकार , संघीय सरकारले यस्ता मनोसामाजिक समस्यामा परेकाहरुलाई चाडो भन्दा चाडो अनिवार्य सहयोग गर्नुपर्ने देखिन्छ।

Next Post

Discussion about this post

ADVERTISEMENT