भरतपुर, ०४ जेठ २०८२
चितवनको भरतपुरस्थित रहेको ग्रीनल्यान्ड पब्लिक स्कुलमा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. किरण देवकोटाको मोटिभेसनल सेसन गरेको छ ।
स्कुलको आयोजनामा बिहीबार उक्त कार्यक्रममा ग्रीनल्यान्ड स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई प्रमुख वक्ता डा. देवकोटाले मानसिक स्वास्थ्यको बिषयमा उत्प्रेरणा प्रदान गरेका थिए । उनले मानसिक स्वास्थ्यबारे विद्यार्थीहरुलाई सचेत पनि गराएका थिए ।
सो क्रममा डा. देवकोटाले मानसिक स्वास्थ्यलाई गम्भीरता साथ लिनुपर्ने बताए । शारीरिकसँगै मानसिकरुपमा पनि स्वस्थ हुन उत्तिकै आवश्यक रहेको उनको भनाइ थियो ।
विद्यालयकी प्राचार्य इन्दिरा पन्त कार्कीले विद्यार्थीहरुलाई मानसिक रुपमा पनि स्वस्थ राख्न यो कार्यक्रम आयोजना गरिएको बताइन् । प्राचार्य कार्कीले यो कार्यक्रम विद्यार्थीहरुका लागि निकै फलदायी भएको बताइन् । स्कुलका सहप्राचार्य उपेन्द्र आचार्यले सहजीकरण गरेको कार्यक्रममा विद्यालयका शिक्षक कर्मचारी लगायतको पनि उपस्थिति रहेको थियो।